उमाकुण्डमा तीन दिने प्रारम्भिक बाल विकासका लागि योजना तर्जुमा कार्यशाला सुरू

रामेछाप । प्रारम्भिक बालविकामा लगानी,दीगो राष्ट्र विकास को थालनी भन्ने नारा सहित गुणस्तरीय शिक्षा प्रबद्र्वनका लागि बाल शिक्षा तथा विकास सवलीकरण परियोजनाद्धारा रामेछापको उमाकुण्ड गाउँपालिकामा स्थानीय सरकार तथा सरोकारवालाहरु संग आज तीन दिने अन्तरकृया कार्यशाला सुरु भएको छ ।  स्थानीय तहमा एकीकृत प्रारम्भिक बालविकासका लागि योजना तर्जुमा कार्यशाला चाईल्ड एड नेटवर्क जर्मनीको आर्थिक सहयोग,सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोग र उमाकुण्ड गाउँपालिकाको आयोजनामा कार्यशाला सुरु भएको हो । रामेछापको उमाकुण्ड गाउँपालिकाको प्रमुख शेरबहादुर सुनुवारको अध्यक्षता सुरू भएको उक्त कार्यक्रममा गर्भावस्था देखी ८ वर्ष सम्मको बालबालिकाको लागि स्वास्थ्य तथा पोषण क्षेत्र, शारीरिक तथा मानसिक  विकास क्षेत्र, शिक्षा क्षेत्र, खानेपानी तथा सरसफाई क्षेत्र जस्तो कार्यक्रमहरुमा छलफल भएको थियोे । कार्यक्रममा रामेछाप उमाकुण्ड गाउँपालिकाको प्रमुख शेरबहादुर सुनुवार, उपाध्यक्ष उर्मिला कार्की बस्नेत, प्रशासनिक अधिकृत ईश्वरीप्रसाद सुवेदी लगायत सातै वडाका वडाअध्यक्षहरू, कार्यापालिका सदस्य,पलिकाका शाखा प्रमुख तथा प्रतिनिधिहरु, पालिका स्तरका कर्मचारीहरु,सदस्यहरु,प्रधानाध्यापक,वडा सचिवहरु,सन्चारकर्मी,बाल सन्जालका अध्यक्षको सहभागिता रहेको थियो ।  संस्थाको तर्फबाट कार्यक्रमको सहाजीकरण परियोजनाका कार्यक्रम संयोजक कर्ण दरै, बरिस्ठ तालिम अधिकृत शशि बिसी गर्नुभएको थियोे भने कार्यक्रम सञ्चालन Metal Suffocate महेश्वर बस्नेत  गर्नुभएको थियोे ।   त्यसैगरी कार्यक्रममा पालिका संग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने र परियोजना संग सहकार्य गर्न स्थानीय सरकारको भुमिका बारे स्पस्ट परेको थियोे । सोमबार (भोलि ) एकिकृत प्रारम्भिक बाल विकास योजना कार्यशाला सन्चालन हुने छ ।