नेपालमा आइटी व्यवसायको छोटो परिचय

आज संसारको अधिकंश विकाशित देशहरु विकास हुनुको एक मात्र कारण प्रविधीको विकास रहेको छ । कुनैपनि देशको सर्वांगीण विकासमा आइटीको व्यवसायीकरण हुनु महत्वपुर्ण रहेको पाइन्छ । नेपालमा आइटी व्यवसयको सुरुवात सन १९९३ मा नेपालमा इन्टरनेटको अवगमन सगै सुरु भएको पाइन्छ । नेपालको पहिलो निजी आइटी कम्पनीको रुपमा सन १९९४मा Mercantile Communication स्थापन भएको थियो । त्यसको लगतै एक वर्ष पछि नेपालमा अर्को कम्पनी वल्ड लिङ्क नेपालको स्थापना भएको थियो । यसरी नेपालमा २०१९ सम्मको तथ्याङ्क अनुसार ११ ठुला ISP इन्टरनेट सेवा प्रदायीक कम्पनीहरुको स्थापना भई सकेको पाइन्छ भने अन्य हजारौ संख्यमा आइटी कम्पनीहरुको स्थापाना भएको पाइन्छ । सन २०१० देखी २०२०को दशकमा प्रविधीको क्षेत्र लगानीकार्तको पहिलो रोजाइमा पर्दै अएको छ । विशेष गरि युवा उद्यमीहरुको पहिलो रोजईमा रहेको यस व्यवसाय नेपालको वर्तमन अवस्था स्वर्णिम रुपमा रहेको छ । वेब डिजाइन, एप्लिकेशन डेभलपमेन्ट, वेब होस्टिङ, डोमेन रजिस्ट्रेशन जस्ता सेवहरु दिदै संचालनमा रहेको १०० उत्कृट आइटी व्यवसयको नाम सार्वजनिक गर्दै २०१२ एक सर्वेले देखाइको थियो । एभरेष्ट लिष्ट नामक अनलाइन पोर्टलमा प्रकाशीत उक्त सर्वेक्षण डियरअल्क टेक्नोलोजी नामक आइटी कम्पनी संगको सहकार्यमा गरेको थियो । माथी उल्लेखीत सर्वेलाई आधार मन्ने हो भने नेपालमा २०१० तिरनै धेरै जनशक्ति आइटी व्यवसायमा संलग्न रहेको पइन्छ । मैले १० वर्ष नेपालको आइटी क्षेत्रमा बौद्धिक श्रमिकको रुपमा काम गर्द यस क्षेत्रमा कार्यलय व्यवस्थापन, कार्य सैली, कर्मचरी व्यवस्थापन, र कर्मचारीले पाउने सुविधहरु युरोप तथा अमेरीका सरह रहे पनि कर्मचारीको परिश्रमिक भने अलि न्युन रहेकोले देखेको छु त्यसैले पनि अधिकंश दक्ष जनशक्तिलाई नेपालमै टिकाउन सकिरहेको छैन् । साथै आइटी क्षेत्रमा काम गर्द निरन्तर नयाँ कुराको खोज, अनुशन्धन र प्रयोग कार्यलाय सममा मात्र नभई अन्य समयमा पनि गरि राख्नु पर्ने भएकोले कर्मचारीलाई सदै आफ्नो परिश्रमिक माथी गुनसो रहेको पनि नेपाली आइटी क्षेत्रमा पएको छु । नेपालमा उत्पादन भएको आइटी क्षेत्रका दक्ष जनशक्तिहरु संसारको विकसित कम्पनीहरुमा समेत काम गरि रहेको धेरै उदहरण हरुले नेपालको आइटी क्षेत्रका दक्ष जनशक्तिहरु विश्व स्तरको रहेको र नेपालको अधिकंश ठुला आइटी कम्पनीहरुको सेवा सुविधा अन्य तेस्रो राष्ट्रालाई दिइ रहेकोले पनि नेपाली आइटी कामदरहरुको गुणस्तर उत्कृट रहेको बुज्न सकिन्छ । नेपालमा आइटी व्यवसायको वर्तमान अवस्था कस्तो छ भन्ने जिज्ञसामा विगत लामो समय देखी आइटी क्षेत्रमा काम गर्दै आएको सफ क्रन्चका संचालक इन्जिनियर सुमन लम्सल भन्छन विश्वमा आइटि भनेको अब मान्छेको आधारभुत आवस्यक्ता भैसक्यो तर हाम्रोमा चाहिँ यस्लाइ अझै पनि प्रयोगको रुपमा हेरिने गर्छ, दक्ष जनशक्ती धेरै पलायन छ बचेकाले पनि कमजोर सेवा सुबिधाका कारण नेपालको काम गर्दैनन, अधिकांश नेपालको आइटिमा काम गर्ने युट्युबमा हेरेर आइटी बिज्ञ बनेकाहरु छ्न, त्यस्कारण यो विश्वासिलो बन्न सकेको छैन । तर सरकारी तवरबाटै अब यस्लाइ बलियो बनाउन सुरु गरेको कारण यो छिट्टै नै पुर्ण व्यावसायिक क्षेत्र हुनेमा भने विस्वस्त हुन सकिन्छ । नेपालको अधिकंश प्रतिनिधी पात्रको यस क्षेत्रमा आशवादी रहेको पाइन्छ । अनलाइन बैकिङ कारोवार, अनलाइन किनमेल गर्न मिल्ने वेब एप्लिकेशन हरुको विकास सगै नेपालको आइटी क्षेत्रमा पछिल्लो समय नयाँ आयम थपेको पाइन्छ । यसरी प्रविधिको प्रयोगले देशको सामाजिक तथा आर्थिक क्षेत्रको बृद्दि विकासमा बृहत सम्भावना बोकेको छ । अहिलेको २१औं शतव्दीमा विदुतिय पूर्वाधारमा आधरित शिक्षा निती बनाउनको साथै इन्टरनेट ब्रोडब्याण्ड च्यानलहरु, कम्पुटिंग पावर, ब्यान्डविथ सम्बन्धि प्रावधान, डाटा भण्डारण, सफवेयर कपि राइट इत्यदि समावेश गरी सुचन प्रविधी निती निमार्ण गरी विश्वव्यापीकरण प्रविधीको चुनौतीहरुको सामना गर्न गुणस्तरीय पूर्वधारमा लगानी गरी अनुसन्धन र विकासलाई बढावा दिइ टेक्नोलोजीमा दक्ष , बौद्धिक जनशक्ति व्यवस्थापन गर्न सके देशले आर्को आर्थिक सम्वृधीको नयाँ उचाइ कयम गर्न सकिन्छ । लेखक १० वर्ष लामो समय आइटी व्यवसायमा हुदै सिनियर वेब डेभलपर रही काम गरि सकेको हुन गेल्छिरी शेर्पा हाल दक्षिण कोरिया   गेल्छिरी शेर्पा शेर्पा संचार समुह नेपालकाे उपध्यक्षा तथा हिमाली सन्देशका संचालक हुन