खिजीदेम्बा गाउँपालिका वडा ४ का अध्यक्षद्वारा आफ्नै खर्चमा जनतालाई साबुन वितरण

अध्यक्षद्वारा साबुन वितरण । class=

निरूता सुनुवार, २४ चैत, ओखलढुंगा । विश्वव्यापी महामारी रूपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिट १९ को नियन्त्रण लागि ओखलढुंगा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नं. ४ ले पनि सर्वसाधारणको घरघरमा पुगेर  जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष कमल प्रसाद न्यौपानेले बताउनु छ । आफ्नै खर्चमा  उनीहरूलाई प्रतिव्यक्ति एउटा नुहाउने र एउटा लुगा धुने साबुन वितरण गरिएको छन । साथै हाल सम्म यस वडामा कुनै कोरोना संक्रमित व्यक्ति नभेटिएको र कोरोना संक्रमित व्यक्तिहरू राख्नका लागि खिजीकाती स्वस्थ चौकीमा पाँच सैयको क्वारेन्टाइन स्थापन गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । सम्पूर्ण सरकारी कामकाज रोकिएको तर वडाबाट प्रदान गर्ने अति आवश्यक सेवा भने प्रदान गरिएको वडा अध्यक्ष कमल प्रसाद न्यौपानेले बताउनुभयो । मानिसहरू घरबाट बाहिर ननिस्कन र बिमारी भएमा दक्ष स्वस्थकर्मीको समन्वयमा उपचारको व्यवस्था मिलाउने उहाले बताउनुभयो । वडा भित्र बसोबास गर्ने मानिसहरूको  तथ्यांक संकलन गरि भबिष्यमा राज्यबाट प्रदान गरिने राहतको लागि काम भइरहेको पनि अध्यक्ष न्यौपाने बताउनुभएको छ । सरकारको निर्णय अनुसार वडा भित्र बाहिर सम्पूर्ण आवतजावत बन्द गरिएको छ ।