कोरोना भाइरस बाट वचन रामेछापको उमाकुण्डा २ मा २४ संयाको क्वारेन्टाईन तयार

कोरोना भाइरस बाट वचन  रामेछापको उमाकुण्डा २ मा २४ संयाको क्वारेन्टाईन तयार class=

बिष्णु खड्का बिश्वब्यापी रुपमा फैलदै गइरहेको नोबेल कोरोना भाइरस ले महामारीको रुप लिदै आइरहेको बेला नोबेल कोरोना भाइरस बाट बच्नको लागि उमाकुण्ड गाउँपालिकाको वडा न २ बाम्तिभण्डारमा रहेको सिद्देश्वरमा माबिमा   स्थानिय स्वास्थ्यकर्मी सहित वडाले  २५ संयाको क्वारेन्टाईन तयार गरेको छ भने  वडा भित्र रहेका मुख्य बजार क्षेत्रमा साबुनपानिले हात धुने ब्यबस्था गरेको वडा न २ का वडा अध्यक्ष खम्बध्वज बस्नेतले बताउनु भयो । साथै त्यस्तो कुनै आपत्ति आइहाले २४ सै घण्टा एम्बुलेन्स सेवा पनि तयारी रहेको अध्यक्ष  बस्नेतले बताउनु भयो । सरकारले गरेको लकडाउनको पुर्ण रुपमा पालना  गर्न पनि सबैमा आग्रह गर्नु भयो । अति आबश्यक बाहेक घरबाट ननिस्कन तथा नोबेल कोरोना भाइरस सँग मिल्दा जुल्दा समस्या आएमा वडा कार्यलयमा सम्पर्क गर्न पनि उहाले सबैसँग आग्रह गर्नुभयो । प्रहरी कार्यलय बाम्ति, विभिन्न सरोकारवाल ब्यक्तिसहित आज बजार क्षेत्रमा कोरोना भाईरस बाट  अपनाउनु पर्ने सतकर्ता सम्बन्धी जनचेतना समेत को जनचेतना मुुुुलक नारा सहित माइकिन गरिएको थियो ।