उमाकु्ण्ड गाउँपालिका आयोजनामा भएको दोस्रो राष्टपति रनिङ शिल प्रतियोगिता समापन , सिद्वेश्वर माबि बाम्तिभण्डार प्रथम

बिष्णु खड्का स्वास्थ्यको लागि खेलकुद राष्टको लागि खेलकुद भन्ने मुल नारा सहित उमाकुण्ड गाउँपालिका प्रिती रामेछापको आयोजनामा फाग्गुन १० बाट सुरु भएको दोस्रो राष्टपति रनिङ सिल प्रतियोगिताको आज समापन गरिएको छ । फाल्गुन १३ गते नै सकिने भनियता पनि बर्षादको कारण खेल नसकिएपछी आज समापन गरिएको आयोजक उमाकुण्ड गाउपालिकाले जनाएको छ । उमाकु्ण्ड गाउपालिका भित्र रहेका ७ वटा माबिका छात्र, छात्राहरुबिच भएका विभिन्न खेलहरुमा सिदेश्वर माबि बाम्तिभण्डारले विभिन्न बिदामा गरि ७ स्वर्ण , ६ रजत र ४ काँस्य गरि जम्मा १७ पदक प्राप्त गरि दोस्रो राष्टपति रनिङ सिलको पहिलो स्थान हात पारेको छ । त्यस्तै चण्डेश्वरी माबि प्रितीले ७ स्वर्ण , ३ रजत र १ काँस्य गरि जम्मा ११ पदक प्राप्त गरि दोस्रो स्थान हात पारेको छ । भने काँस्थेम माबि भुजिले २ स्वर्ण ,४ रजत र ५ काँस्य गरि ११ पदक प्राप्त गरि तृतिय स्थान हात पारेको छ । त्यस्तै सरस्वती माबि प्रितीले जम्मा ७ पदक प्राप्त गरि चौथो, कैलेश्वर माबि गुप्तेश्वरले जम्मा ६ पदक प्राप्त गरि पाँचौ,  जनता माबि कुभुले जम्मा ५ पदक प्राप्त गरि छैटौ र महालङगुर माबि गुम्देलले जम्मा ३ पदक प्राप्त गरि साँतौ स्थान प्राप्त गरेका छन । त्यस्तै शिक्षकहरु बिच भएको भलिबल खेलमा सिदेश्वर माबि बाम्तिभण्डारका शिक्षकहरुको टिमले  प्रथम स्थान ओगटेको छ ।  बिजय बिद्यालयका बिद्यार्थीहरुलाई शिल मेडल र प्रमापणत्र गाउँपालिकाका अध्यक्ष सेर बहादुर सुनुवाले प्रदान गर्नुभएको छ । समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुनुवारले प्रतिकुल मौसमका बिच पनि बिद्यार्थीहरुले खेल क्षेत्रमा देखाएको चासो प्रति सिङ्गो गाउँपालिका खुसि रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले बिभिन्न बिदामा स्वर्ण रजत र काँस्य पदक बिजेता ७ वटै माबिका बिद्यार्थीहरुलाइ धन्यबाद ब्यक्त गर्नुभयो । समापन कार्यक्रममा उमाकु्ण्ड गाउँपालिका नेकपा का नेता अनन्त कुमार खड्का , विभिन्न बिद्यालयका शिक्षक लगायतको उपस्थिती रहेको थियो ।