रामेछापको बाम्तिभण्डारको सिममा पनि भब्य लोसर कार्यक्रम सम्पन्न

बिष्णु खड्का । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. २ बाम्ती भण्डार सिम सिद्धर्थ बौद्ध आधारभूत विद्यालयमा विभिन्न कार्यक्रम गरि लोसार सम्पन्न गरिएको छ ।  संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले दानुरी लामाको सभापतित्वमा भएको कार्यक्रममा बेलुन उडाउने प्रतियोगिता, मिनी मेराथुन प्रतियोगिता ,छ्येलो फाल्ने प्रतियोगिता ,सामुहिक डोरी तान्ने प्रतियोगिता, स्यब्रु नृत्य प्रतियोगिता, खाप्से पकाउने प्रतियोगिता लगायत धेरै प्रतियोगिताहरू समावेश गरिएको थियोे ।  उक्त कार्यक्रममा वडा सदस्य आङ दोर्जी लामा,नेपाल शेर्पा संघ उमाकुण्ड गाउँपालिका अध्यक्ष पेमनुरी शेर्पा,  धर्मगुरू लामा ,राजनीतिदलका प्रतिनिधि,विभिन्न संघ संस्था प्रतिनिधि,समाजसेवी, सुरक्षाकर्मी ,पत्रकार लगायतको उपस्थिति रहेको छन् । नेपाल लगायत विदेशमा हिजो  विभिन्न कार्यक्रम गरि लोसार पर्व मनाएको छन् र सो लोसार कार्यक्रम शेर्पा समुदायमा पन्ध्र दिनसम्म विभिन्न कार्यक्रम गरि मनाउने परम्परा रहेको छ । लोसार कार्यक्रममा इष्टमित्र र आफन्तसंग सुखदुःख साट्ने र धर्मिक कार्य गर्ने गरिन्छ ।