प्रदेश सरकार दिगो बिकासमा लागेको छ : बागमती प्रदेशका सामाजिक मन्त्री दुलाल

बिष्णु खड्का गमती प्रदेशका सामाजिक बिकास मन्त्री युबराज दुलालले  प्रदेश सरकार दिगो बिकासमा अगाडि बढिरहेको बताउँदै बागमती जिल्लाको प्रत्येक जिल्लाहरुमा खेलमैदान रङ्गासालको रुपमा स्थापना गरिने बताउनुभयो । साथै उहाँले  उमाकुण्ड गाउँपालिका भित्र सुबिधा सम्पन्न अस्पताल , गाउँपालिका भित्रका ४५ वटै बिद्यालयमा शून्य दरबन्दि भएका बिद्यालयमा पनि दरबन्दि कायम गरिने पनि बताउनु भयो । तेस्तै कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेशका सभासद शान्ति प्रसाद पौडेलले ७५३ वटै स्थानिय तहहरुमा राष्टपति रनिङ सिल्ड प्रतियोगिता चलिरहेको बताउँदै खेल क्षेत्रलाई प्रदेश सरकारले पनि प्राथामिकतामा राखेको बताउनु भयो । साथै उहाँले भौगोलिक बिगटता रहेको उमाकुण्ड गाउँपालिकामा गुम्देल देखि भुजि सम्मको सड्कलाइ भरपर्दो बनाउन प्रदेश सरकार लागि परेको पनि बतानुभयाे । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै , बागमती प्रदेशकै सदस्य ,मिना ज्ञवलीले आगमी दिनमा पनि प्रदेश सरकारले खेलकुदको माध्यमबाट थुप्रै बिकास निर्माणका कामहरु अगाडि बढ्ने बताउभयो । त्यस्तै ने.क.पा उमाकुण्ड गाउँपालिका अध्यक्ष चित्र बहादुर कार्कीले , नेकपा सरकारले काम गरेकै छैन भन्नेहरु को लागि उमाकुण्ड बिस्तारै उदाहरण बन्दै जाने बताउनु भयो । त्यस्तै उमाकुण्ड गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारले कार्यक्रको सभापतिको आसन बाट बोल्दै उमाकुण्ड गाउँपालिकाको समग्र बस्तु स्थितीको बारेमा लिखित रुपमा राख्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष उर्मिला कार्किले नागारिकको अमुल्य मत पाएर बिजय भएका जनप्रतिनिधिले बिकास को काम गर्दा एउटै ढिक्का भएर लागिपर्नु पर्ने बताउनुभयो । कार्यक्रममा ने.क.पा का नेता प्रेमकुमार सेबक, ने.क.पा कि महिला नेत्री गंगा कार्की, नेपाली काँग्रस जिल्ला पार्टी सदस्य झपड राज भण्डारी ,जिल्ला पाटी सचिब यज्ञ बस्नेत, उमाकुण्ड गाउँपालिका का ७ वटै वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । स्वास्थ्यको लागि खेलकुद राष्टको लागि खेलकुद भन्ने मुल नाराका साथ आज  बाट सुरु भएको राष्टपति रनिङ सिल प्रतियोगिता फाल्गुण १३ गते सम्म सञ्चालन हुने आयोजक उमाकु्ण्ड गाउपालिकाले बताएको छ । कार्यक्रममा उमाकुण्ड गाउँपालिका भित्र रहेका ७ वटा माबिका छात्रछात्रहरु बिच  तथा शिक्षक र गाउँपालिका कर्मचारी बिच  भलिबल, थेलिष्ट, कबडि, जस्ता खेलहरु हुनेछन ,  बागमती प्रदेश र उमाकुण्ड गाउँपालिका   को सयुक्त लगानीमा उमाकुण्ड गाउँपालिकाले सम्पन्न गरेको नबनिर्मित भबणको उदघाटन पनि आजै बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युबलाल दुलालद्वार उदघाटन भएको हो । अब गाउँपालालिकाको आफ्नै  भबण भएको छ ।