ने.बि.स.लिखुपिके गाउँपालिका द्धार बुद्ध माबिबाट एसइइ दिने बिद्यार्थीहरुलाई टिउसन

बिष्णु खड्का रेडियो कैरण रामेछाप नेपाल बिद्यार्थी संघ लिखुपिके गाउँपालिका सोलुखुम्बुले वडा न २ गोलीमा रहेको बुद्ध माबिबाट यस बर्षको एसइइ परिक्षामा सामेल हुने बिद्यार्थीहरुको लागि आजबाट एक महिनाको लागि बिज्ञान बिषयको टिउसन सञ्चालन गरेको छ । बिगतको बर्षहरुको एसइइको नतिजालाई समेत  मध्यनजर गर्दैे हदसम्म यस बर्ष एसइइ दिने बिद्यार्थीहरुको लागि थप सहयोग पुगोस भन्ने उदेश्यले उक्त टिउसन सूरु गरिएको ने.बि.स. जिल्ला कमिटी सोलुखुम्बुका सदस्य तथा लिखुपिके संयोजक कमल बस्नेतले बताउनुभयो । तीन वटा माबि रहेको लिखुपिके गाउँपालिकामा वडा न २ मा रहेको हिमगंगा माबि, र वडा न ५ भकान्जेमा रहेको चन्द्रज्योती माबि बाट एसइइ दिने बिद्यार्थीहरुको लागि पनि अब छिट्टै टिउसन सूरु गरिने पनि संयोजक बस्नेतले बताउनुभयो ।