रामेछापको बाम्तिभण्डारमा भएको श्रीमत भागवत महायज्ञको आज समापन

बिष्णु खड्का रामेछापको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सेर बहादुर सुनुवारले मानिसले जुनसुकै कार्य गरेपनि धर्मलाई बिर्सन नहुने बताउनु भएको छ । रामेछापको उमाकुण्ड २ बाम्तिभण्डार मंसिर २६ गते बाट सुरु भएको श्रीमद््भागवत सप्ताहा ज्ञान महायज्ञ धान्याञ्चल जीबन दर्शन , ऐतिहाँसिक धार्मिक महोत्सबको आज औपचारिक रुपमा  समापन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । साथै उहाँले  फरक प्रशंगमा केही दिन अगाडि रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा न १ गुम्देलका वडा अध्यक्ष नुर्बु शेर्पाले बिकास भएन भनेर रामेछापका प्रमुख जिल्ला अधिकारी समक्ष आँसु झारेको बिषयलाई लिएर  बिभिन्न सञ्चारमाध्यम तथा पत्रपत्रिकामा आएको समाचार प्रति दुःख ब्यक्त गर्दै उमाकुण्डको सबै वडालाई बराबरी प्रथामिकतामा राखेको बताउनुभयो । साथै उहाँले जनप्रतिनिधीलाई काम भएन भनेर आलोचना मात्रै भन्दा पनि सल्लाहा सुझाब दिन पनि सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । उमाकुण्ड गाउँपालिका वडा न २ लुँबु बाम्तिभण्डार स्थित पाँगा शिबजी मन्दिर निर्माण पूर्बधार बिकास गर्दै धार्मिक स्थल निर्माण गर्ने उदेश्यले उक्त महायज्ञको आयोजना गरिएको थियो । महायज्ञबाट जम्मा १० लाख ३३ हजार ७ सय ४२ रकम बिभिन्न ब्यक्तिहरुबाट उठेको र २ लाख ३३ हजार खाना खाजा लगायत खर्च भएको छ भने ४ लाख २५ हजार श्रीमत भागवद मुल समितीलाई प्रदान गरिएको र बाकीँ रकमा उक्त मन्दिरकोृ पुर्बधार बिकासमा खर्च गरिने श्रीमत भागवत मुल समारोह समितीका सचिब कमल बहादुर बस्नेतले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै भागवत बाचिका देबी सुश्री गरिमा उपाध्यायले रामेछाप जिल्लाकै पबित्र भुमि बाम्तिभण्डारमा आएर भागवत बाचन गर्न पाउदाँ खुसी रहेको ब्यक्त गर्दै सबै आयोजक तथा सबैलाई धन्यबाद ब्यक्त गर्नुभयो ।  त्यस्तै उमाकुण्ड गाउँपालिका वडा न २ का वडा अध्यक्ष खम्बध्वज बस्नेतले रामेछाप जिल्लाकै उत्तरी क्षेत्रमा राष्टिय रुपमा ख्याती प्राप्त भागवत बाचिका देबी सुश्री गरिमा उपाध्याय जस्ता भागवत बाचिका देबीको पाइला पर्नु बाम्तिभण्डार लगायत आसपासका भक्तजनहरु भाग्यमानी रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेबी तथा नेकपाका नेता अनन्त कुमार खड््का, नेपाली काँग्रेसका नेता चुडामणी श्रेष्ठ , वडा न २ का वडा सदस्य अप्सरा बस्नेत  , बस्नेत , गाउँपालिका साखाका कर्मचारी प्रमुख लगायत समाजसेबी बुद्धिजिबी, शिक्षक, पत्रकार लगायतको उस्थिती रहेको थियो ।  महायज्ञमा राष्टिय ख्याती प्राप्त कलाकारहरुको भोजनको साथमा सुमधुर शैलीमा भागवत बाचिका देबी सुश्री गरिमा उपाध्याय , भक्त किंकरी महाराजश्री को मुखावृन्दबाट कथा कथा बाचण भएको थियो । रामेछापको उमाकुण्ड गाउँपालिका वडा न २ पाँगामा रहेको शिबजी थानलाई श्रीमदभागवत्् सप्ताहा लगाई त्यसबाट उठेको रकमले मन्दिरको संरक्षण गरी मन्दिरलाइ थप ब्यबस्थित गर्न मद्धत हुने भन्दै उक्त महायज्ञ लगाइएको  समितीका अध्यक्ष श्याम बस्नेतले बताउनु भयो । कार्यक्रममा बिभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी हरुलाई सम्मान पत्र द्धार सम्मान गरिएको थियो ।