शिबमन्दिर संरक्षणको लागि रामेछापको बाम्तिभण्डारमा , श्रीमदभागवत सप्ताहा ज्ञान महायज्ञ सुरु

रामेछापको उमाकुण्ड गाउँपालिकाको बाम्तिभण्डारमा श्रीमद्भागवत सप्ताहा ज्ञान महायज्ञ धान्याञ्चल जीबन दर्शन , ऐतिहाँसिक धार्मिक महोत्सबको आज औपचारिक रुपमा  उदघाटन गरिएको छ ।  उमाकुण्ड गाउँपालिका वडा न २ लुँबु बाम्तिभण्डार स्थित पाँगा शिबजी मन्दिर निर्माण पूर्बधार बिकास गर्दै धार्मिक स्थल निर्माण गर्ने उदेश्यले उक्त महायज्ञको आयोजना गरिएको आयोजकले बताएका छन । श्रीमत भागवत मुल समारोह समितीका सचिब कमल बहादुर बस्नेतको सभापत्वि तथा उमाकुण्ड गाउँपालिका रामेछापकी उपाध्यक्ष उर्मिला कार्की को प्रमुख आतिथ्यतामा उक्त सप्ताहाको उदघाटन भएको हो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष कार्कीले जिल्लाकै गाउँपालिका मध्य सबैभन्दा बढी मठमन्दिर भएको उमाकुण्ड गाउँपालिका रहेको बताउँदै यस्ता मठमन्दिरको बिकासमा गाउँपालिका सधैँ कठिबद्धता रहेको बताउनु भयो । साथै उहाँले यस्तो धार्मिक महत्व बोकेको सप्ताहामा  आफुले सकेको मात्रै सहयोग गर्नुस, तर सकेसम्म सबैजना सप्ताहा उपस्थित हुन  आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै भागवत बाचिका देबी सुश्री गरिमा उपाध्यायले रामेछाप जिल्लाकै पबित्र भुमि बाम्तिभण्डारमा आएर भागवत बाचन गर्न पाउदाँ खुसी रहेको ब्यक्त गर्दै सबैलाई भागवतमा  आउन आग्रह समेत गर्नुभयो ।  उमाकुण्ड गाउँपालिका वडा न २ का वडा अध्यक्ष खम्बध्वज बस्नेतले रामेछाप जिल्लाकै उत्तरी क्षेत्रमा राष्टिय रुपमा ख्याती प्राप्त भागवत बाचिका देबी सुश्री गरिमा उपाध्याय जस्ता भागवत बाचिका देबीको पाइला पर्नु बाम्तिभण्डार लगायत आसपासका भक्तजनहरु भाग्यमानी रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेबी तथा नेकपाका नेता अनन्त कुमार खड्का, नेपाली काँग्रेसका नेता चुडामणी श्रेष्ठ , वडा न २ का वडा सदस्य टेक बहादुर बराईली , सदस्य अप्सरा बस्नेत , सदस्य आशामाया गजमेर लगायत, समाजसेबी बुद्धिजिबी, शिक्षक बिद्याथी, पत्रकार लगायतको उस्थिती सँगै बोल्नुभएको थियो । महायज्ञमा राष्टिय ख्याती प्राप्त कलाकारहरुको भोजनको साथमा सुमधुर शैलीमा भागवत बाचिका देबी सुश्री गरिमा उपाध्याय , भक्त किंकरी महाराजश्री को मुखावृन्दबाट कथा भोली बिहान  ६ बजेबाट बाचण हुने श्रीमत भागवत मुल समारोह समितीले जानाकार दिएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा न २ पाँगामा रहेको शिबजी थानलाई श्रीमदभागवत् सप्ताहा लगाई त्यसबाट उठेको रकमले मन्दिरको संरक्षण गरी मन्दिरलाइ थप ब्यबस्थित गर्न मद्धत हुने भन्दै उक्त महायज्ञ लगाउन लागेको पनि समारोह समितीका अध्यक्ष बस्नेतले बताउनु भयो । साथै उहाँले उक्त महायज्ञमा सहभागि भई पुण्य कमाइदिनुहुन उमाकुण्ड , खिजिदेम्बा , गोकुलगंगा , र लिखुपिके लगायत आसपासका ब्यक्तिहरुलाई आग्रह समेत गर्नुभयो । महायज्ञमा आर्थिक रुपमा सहयोग गर्नेहरुलाई सामान्य देखि बिशेष सम्मान समेत गरिने पनि महायज्ञ मुल समारोह समितीले जनाएको छ । उदघाटन कार्यक्रममा पञ्चे बाजासहित कार्यक्रमा एकसय आठ कलस यात्रा सहित सप्तामण्डल देखि पाँगा शिबजी मन्दिर हुँदै , सोर्तमु, रत्नज्योती हुदैँ पुर्ण मण्डबमा आइपुगेको थियो । उदघाटन कार्यक्रममा करिब एक हजार जनाको उपस्थती रहेको थियो ।