समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो बार्षिक साधारणसभा सम्पन्न ।

कर्मारिन्जी शेर्पा , ७ मंसिर, रामेछाप । समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तेस्रो साधारणसभा उमाकुण्ड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद सुवेदीको प्रमुख अतिथित्वमा आज बाम्तीभण्डारमा सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा उमाकुण्ड गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष खम्बाध्वज बस्नेत, वडा नं. १ का वडा अध्यक्ष नुर्वु शेर्पा , वडा नं. ३ का वडा अध्यक्ष रमेशकुमार सुनुवार, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ,शेयरधनी,बचतकर्ता लगायत सुरक्षाकर्मीहरूको उपस्थिति थियो । कार्यक्रममा संस्थाका व्यवस्थापक दिपक कार्कीले अार्थिक तथा प्रगति प्रतिवेदन पेश गरिएको थियोे । यस सहकारी संस्थाले गुम्देल, बाम्तीभण्डार र कुम्बुकास्थलीलाई सेवा क्षेत्र बनाएर वित्तीय करोवार सञ्चालन गर्दै आएको र केही बर्षमा कृषिबाट बचतमा परिवर्तन भए पश्चात् उच्चतम अार्थिक मुनाफा कमाउन सफल भएको देखिन्छ। यस सहकारी संस्थाले अति दुर्गम क्षेत्र मानिने उमाकुण्ड १, गुम्देलमा पनि शाखा कार्यालय स्थापना गरि नागरिकलाई सेवा दिने तयारी थालिने भएको छ। संस्थाले सहकारी ऐन २०७४ र "एक स्थानीय तह एक सहकारी" भन्ने सरकारी निति अविलम्बन गर्दै कार्यक्षेत्र विस्तार गरेर स्थानीय तहसंग समन्वय गरेर कृषि क्षेत्रमा लगानी गर्ने व्यवस्थापक दिपक कार्कीले बताउनुभयो ।अन्य सहकारीहरूसंग पनि समन्वय गरि ग्रामीण क्षेत्रमा वित्तीय व्यवस्था सहज बनाउन संस्थाले वित्तीय सम्बन्धि सम्पुर्ण सेवा सुचारू गर्ने पनि व्यवस्थापक कार्कीले बताउनुभयो । यस भन्दा अगाडि पनि रामेछापको उमाकुण्ड ३ कुम्बुकास्थालीमा रहेको सपना साकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडसंग समन्वय गरी शाखा मार्फत सेवा दिन थालेको छ । उमाकुण्ड २ बाम्तीभण्डारमा कार्यालय रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडसंग समन्वय गरि शाखा मार्फत सेवा विस्तार गर्ने भनिएको थियो । यो कार्यसंग समृद्धि बचत तथा ऋण सहकारी संस्था रामेछापको उत्तरी क्षेत्रको उत्कृष्ट सेवा दिने सहकारी संस्था भएको छ ।