उमाकुण्ड गाउँपालिकामा चुनाबी आचार संहित तथा सुरक्षा सम्बन्धी छलफल

बिष्णु खड्का रेडियो कैरण रामेछाप आगामी मंसिर १४ गते हुने उपनिर्बाचन लाई शान्तिपुर्ण ढंगबाट सम्पन्न गर्न रामेछापको उमाकुण्ड गाउँपालिकाले आज आबश्यक छलफल गरेको छ । गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवार , रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी , जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष भट्टराई, नेपाली सेनाका प्रमुख, शसस्त्र प्रहरी प्रमुख  लगायत जनप्रतिनिधी तथा सरोकारवालाहरु बिच  उपनिर्बाचनलाई शान्तिपुर्ण  ढंगबाट सम्पन्न गर्न आबश्यक छलफल भएको गाउँपालिका अध्यक्ष सेरबहादुर सुनुवारले बताउनुभयो ।  छलफलबाट  निर्वाचनलाई स्वच्छ, धाँधली रहित र शान्तिपुर्ण ढंगबाट सम्पन्न गर्नको लागी सवै पक्ष लाग्ने र निर्वाचनमा भाग लिने राजनितिक पार्टी हरुलाई पनि चुनाव शान्तिपुर्ण ढंगबाट सम्पन्न गर्ने गरि आफ्ना गतिविधि अगाडी बढाउनको लागी अनुरोध गरेको अध्यक्ष सुनुवारले बताउनु भयो । उमाकुण्ड गाउँपालिका वडा न ५ को वडा अध्यक्ष पदको लागि नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाली कांग्रेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । उपनिर्बाचनका उम्मेदवाहरुले प्रचारप्रसारलाइ तिब्र बनाएका छन । वडाध्यक्ष पदका लागि नेकपाबाट  कुलबहादुर बस्नेत उम्मेदारी बनेका छन ।  बस्नेत यसअघि सोही वडाका निर्बाचित  वडा सदस्यह हुन्। वडा अध्यक्ष कुबिर खत्रीको गत वर्ष मृत्यु भएपछि बस्नेतले नै कार्यवाहाक वडाध्यक्षको रुपमा काम गर्दै आउनु भएको छ । नेपाली कांग्रेसबाट भनि वडाध्यक्षका लागि सावित्री सुनुवार उम्मेदवार बनेकी छिन ।  कांग्रेसले चुनावी अभियान तिब्रता दिएको बताएको छ ।  उक्क्त वडामा कुल १ हजार ७ सय ४९  मतदाता रहेका छन् । रामेछाप जिल्लामा एउटै मात्र वडामा उपचुनाव हुँदैछ ।