किन भनेनन् तीन बर्षा अगाडि सर्वे भएको रामेछापको गुम्देलमा पुल ? ठेकेदार भन्छ पुष भित्र पुल निमार्ण सम्पन्न हुन्छ ।

कर्मारिञ्जी शेर्पा ,१२ श्रवण , रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. १ को गुम्देल र क्यामा जोड्ने गुम्देल खोलामा हिउँदमा खोला सानो भएपनि बर्षायममा पानीको मात्र बढ्ने हुनाले सवारी यात्रीहरूलाई समस्य भएको छ । त्यसैले डोलिडारलाई डीपीआर बनाउनका लागि स्विस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रम LRBP अन्तर्गत जिल्ला समन्वय समिति रामेछापद्वारा तीन बर्ष अगाडि गाडी गुड्ने पुलको निर्माण डिजाइन गरि लगभग दुई करोड पचास लाखमा दुई बर्षा भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी कन्काई खम्पाचे जेभीको सञ्चालक अाङ दावा शेर्पाको नाममा ठेक्का दिएको थियोे । उक्त ठेक्का परेको कम्पनीको मालिक अाङ दावा शेर्पाले अाफ्नो नाता पर्ने अाङ देण्डी शेर्पालाई पुल निर्माण गर्ने कामको जिम्मेवारी दिएको थियो तर तीन बर्ष हुदा पनि पुलको एक तिहाइ काम भएको छैन । यहाँका जिम्मेवार व्यक्तिहरू बेखबर छन। २०७३ साल फाल्गुन एउटा पिलर हालेर काम छाडेको छ । बर्षायम सुरू भएको करण सामाग्री ढुवानी गर्ने साधन पुग्न नसकिएकोले काम रोकिएको पुल निर्माणको जिम्मा पाएको ठेकेदार अाङ देण्डी शेर्पाले नुम्बुर खबर अनलाइनलाई जानकारी दिनुभयो । अब बर्षा सकिएको लगत्तै असोजको पहिलो हप्ताबाट पुनः काम सुचारु गरि पुस मसान्तसम्ममा काम सम्पन्न गरि गाडी गुड्ने पनि शेर्पाले बताउनुभयो । पुल निर्माण पश्चात् नुम्बुर चिज सर्किटमा पर्ने उमाकुण्ड गाँउपालिकाको १ नं. वडाको टङ्दिङ सम्म सहज रूपमा साना ठुला सवारीसाधन सञ्चालन हुनेछ । यसले रामेछापको उत्तरी विकट बस्ती भनेर चिनिने लाछेवरको नजिक सम्म यातायातको पहुँच पुग्ने देखिन्छ । त्यस्तै बौद्ध तथा हिन्दु धर्मका तीर्थस्थल मानिने उमातिर्थ मन्दिर , प्रकृति बौद्ध दर्शन गर्ने तीर्थयात्रीहरूलाई पनि सहज हुनेछन् । दुगर्ड कम्पनीको सह कम्पनी पान हिमालयन हाइड्रोपावर प्रालि द्वारा सञ्चालन गर्ने लिखु १ जलविद्युत परियोजना ड्याम साईटमा जाने बैकल्पिक सडक पनि पर्ने भएकोले परियोजनालाई पनि यस पुलले सहयोग पुग्ने देखिन्छ । केही बर्षा अगाडि मात्र यहाँका स्थानीय र हाइड्रोपावर द्वारा यश क्षेत्रमा सडक निर्माण गरिएको थियोे ।