रामेछापको बाम्तीभण्डारमा ३३ सेयर होल्डरबाट १ करोडको लगानिमा शिखरपथ एकेडेमी बोड्रिङ स्कुल सञ्चालनको तयारी पुरा

रामेछाप । फागुन २९ गते, रामेछापको बाम्तीभण्डार गाविसमा ३३ सेयर होल्डरबाट १ करोडको लगानिमा शिखरपथ एकेडेमी बोड्रिङ स्कुल सञ्चालनको तयारी पुरा भएको छ । रामेछाप लगाएत आसपासको क्षेत्रमा रहेका बाल बालीकाहरुलाई अग्रेजी माध्यममा समय साक्षेप गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले रामेछापको बाम्तीभण्डार ३, मा स्थानियबासिहरुको ३३ सेयर होल्डरबाट १ करोडको सेर लगानिमा प्राईबेट शिखरपथ एकेडेमी बोड्रिङ सञ्चालन हुन लागेको छ । एक पुर्व प्राथामीक विद्यालय सञ्चालनको लागि गाविस कार्यलय बाम्तीभण्डारबाट अनुमति प्राप्त गरीसकेको र कक्षा १ प्राथामीक तहको लागि जिल्ला शिक्षा कार्यलय मन्थली रामेछापबाट सम्पुर्ण प्रक्रिया पुरा गरीसकेको छ । उक्त शिखरपथ एकेडेमीले शैक्षिक सत्र २०७२ देखि Nursery, Lkg, Ukg, Grade One का कक्षा सञ्चालन गर्ने भएको हुदा यहि चैत्र १ गते देखि भर्ना खुल्ला गरिएको छ । कम्पुटर शिक्षण पद्धतिबाट पठनपाठन गरिने भएको हुदाँ समयमै आफ्नो बालबालीकाहरुलाई भर्ना गराई सिट सुरक्षित गर्न हुन सबै अभिभाबकहरुमा जानकारी गराईन्छ । यस शिखरपथ एकेडेमी बोड्रिङ स्कुल कम्पनी रजिष्ट्रारको कार्यलय त्रिपुरेश्वर काठमान्डौँमा दर्ता भई रामेछापको बाम्तीभण्डार ३ मा सञ्चालन हुन लागेको हो । शिक्षाको लागि सदरमुका वा राजधानी जानुपर्ने यस क्षेत्रका सर्बसादरणहरुको समस्यालाई मध्यनजर गरी उक्त विद्यायल सञ्चालनमा ल्याएको शिखरपथ एकेडेमीका लेखापाल दिपक कार्कीले बताउनुभयो ।®