बषार्त सँगै परेको हिँउपातले कृषकलाई फायदा

रेडियो कैरन ९६.४ मेगाहर्ज  बाम्तिभण्डार, फागुन ५, २०७० रामेछापका जिल्ला लगायत आसपासका क्षेत्रमा गत दुईदिन देखि बषार्त सँगै भारी हिँउपातले खेतीपाती गर्ने कृषकहरुलाइ निकै फाइदा भएको उनीहरुले बताउनुभएको छ । यसबर्षा पानी नपर्दा रामेछाप,ओखलढुङगा,सोलुखुम्बु ,दोलखा लगायत विभिन्न जिल्लाका कृषकहरु धेरै चिन्तित भएका थिए । तर गत दुईदिन देखि परेको हिमपातले कृषकहरु रमाएका छन् । अस्तीको वेलुकी देखि नै हल्का हिँउ र पानी पर्न सुरु गरेको थियो । भने हिजो दिँउसो र बेलुका भने रामेछापको बाम्तिभन्डार, सोलुखुम्बुको गोली गुम्बा, ओखलढुङगाको खिजिकातीको चर्नालु, रामेछापको प्रितीको च्यादलु लगायत आसपासका क्षेत्रमा पनि बर्षा सँगै हिमपात परेको थियो ।