सोलुखुम्बुमा बालन्याय सम्बन्धी अन्र्तक्रिया

Nabin Sunuwar असार २५     जिल्ला बाल न्याय समन्वय समिती सोलुखुम्बुको आयोजनामा बाल न्याय प्रणाली र सरोकारवाला हरुको भुमिका विषयक एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा मंगलबार आयोजित अन्र्तक्रिया कार्यक्रममा बाल न्यायको अवधारणा, बालबालिका सम्बन्धमा सरोकालाको भुमिका, बालबालिकालाई के कसरी संरक्षण र सम्बद्र्धन गर्न सकिन्छ जस्ता विषयमा अन्र्तक्रिया भएको थियो । अन्र्तक्रिया कार्यक्रममा सोलुखुम्बु जिल्ला अदालतका स्रेस्तेदार दुर्गाप्रसाद भटराईले बाल न्यायको अवधारणा र नेपालको न्याय प्रणाली विषयमा र जिल्ला सरकारी कार्यलय सोलुखुम्बुका जिल्ला न्याधिवक्ता लोकबहादुर कटुवालले बालमैत्री अनुसन्धान तथा अभियोजनमा प्रहरी कर्मचारी र सरकारी वकिलको भुमिका विषयमा छुटाछुटै रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्ला बालकल्याण समितीका बाल अधिकार अधिकृत पुष्पलता बाँस्तोलाले बालबालिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको हो । अन्र्तक्रिया कार्यक्रम जिल्ला बाल न्याय समन्वय समिती सोलुखुम्बुका अध्यक्ष तथा जिल्ला न्याधिस दिपक खरेलको सभापतित्वमा सम्पन्न भएको हो । अन्र्तक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिम्लसीना , प्रहरी नायव उपरिक्षक बद्रीविक्रम थापा, सरकारी गैर सरकारी कार्यलयका प्रमुख, सरोकारवाला, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।