एम भि दुगड ग्रुपद्वारा नि:शुल्क आँखा शिविर सञ्चालन गरिने

एम भि दुगड ग्रुपद्वारा नि:शुल्क आँखा शिविर सञ्चालन गरिने class=

कर्मारिन्जी शेर्पा, रामेछाप । सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड, गोकुलगंगाका आँखाकाे बिमारीहरूलाई लक्ष्यित गरी पौष १३ गतेदेखि १८ सम्म नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । डिएके फाउन्डेसन पार्टनरस् फर इक्युटीको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ,कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको सहकार्यमा एम भि दुगड ग्रुप हाइड्रो डिभिजनले ६ दिने नि:शुल्क आँखा शिविर आयोजना गरिने भएको हो । नेपालकै बरिस्ठ नेत्र विशेषज्ञहरूबाट सञ्चालन हुन लागेको उक्त शिविरमा मोती बिन्दु र अन्य आँखा सम्बन्धि समस्य भएको व्यक्तिहरूले सेवा लिन सक्ने एम भि दुगड ग्रुप, जनसम्पर्क प्रमुख विमला थापाले बताए । पौष १३ गते गोकुलगंगाको रस्नालु, १४ गते उमाकुण्डको प्रीति, १५ गते बाम्तीभण्डारको बाम्ती हस्पिटल र १६ गते गुम्देलको गुम्देल हेल्थपोस्टमा शिविर हुने एम भि दुगडले सूचना मार्फत जानकारी दिए । त्यसैगरी सोही सूचना अनुसार पौष १७ गते लिखुपिकेको चौलाखर्क हस्पिटल र १८ गते किन्जा सिटी हाउजिङ्गमा शिविर सञ्चालन हुने जानकारी दिएको छ ।  उक्त आँखा शिविरबाट सोलुखुम्बु र रामेछापबासीलाई सेवा लिन सूचना मार्फत दुगड ग्रुपले आग्रह गरेका छन् । शिविरबाट छनोट भएको मोतिया विन्दुको निशुल्क शल्यक्रियाको व्यवस्था र निशुल्क चेकजाँचको व्यवस्था रहेको पनि आयोजकले जानकारी दिए । आयोजक दुगड ग्रुप हाइड्रो डिभिजनले हाइड्रोपावर क्षेत्रमा लगानी गरि देशमा उर्जा उत्पादन गर्न टेवा पुर्याउदै  आइरहेको छ । उक्त शिविरलाई भव्य रूपमा सम्पन्न गराउन सूचना प्रचारप्रसार गरि धेरै जनसहभागिता बढाउने कार्यका लागि सल्लेरी स्थित सोलु एफएम १०१.२ मेगाहर्ज र बाम्तीभण्डार स्थित रेडियो कैरन  ९४.४ मेगाहर्जले मिडिया पार्टनरको भूमिका निभाएका छन् । साथै शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म सञ्चालन हुनेछ ।