उमाकुण्डको शिक्षामा रु दुई करोड ४१ लाख बजेट विनियोजन

बजेट विनियोजन class=

रामेछाप । उमाकुण्डकाे गाउँ कार्यपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न चालू आर्थिक वर्षका लागि शिक्षामा कुल रु २ कराेड ४१ लाख ३६ हजार ८ सय १० रूपैयाँ निशर्ता बजेट विनियोजन गरिएको छ । शिक्षा क्षेत्रको विकासले समग्र गाउँपालिकाको विकास हुने उद्धेश्यका साथ गाउँपालिकाको शैक्षिक विकासका लागि भन्दै गाउँ कार्यपालिकाले पछिल्ला वर्षयता शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका छन् । उमाकुण्ड गाउँपालिकाले शिक्षामा चालू आवका लागि भौतिक पूर्वाधार निर्माण गर्न ८५ लाख ४० हजार, शैक्षिक गुणस्तर वृद्धि गर्न ९६ लाख ८८ हजार, शिक्षक कर्मचारीको सेवा सुविधामा १४ लाख ८१ हजार दुई सय, र परीक्षा सञ्चालन तथा अन्य खर्चमा २७ लाख २७ हजार बजेट विनियोजन गरेको छ ।   गत मंगलबार बसेको कार्यपालिकाको बैठकले उमाकुण्ड भित्रका सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको  तलबभत्तामा संघीय सरकारले दिएको ८ हजार रूपैयाँमा गाउँपालिका कार्यालयले ७ हजार थप गरी न्युनतम पारिश्रमिक १५ हजार पु¥याएको शिक्षा शाखाको कर्मचारी ङावा शेर्पाले बताए । त्यसैगरी श्रावण १ गतेबाट लागू हुने गरि गाउँपालिका अनुदानमा कार्यरत् बालबिकास सहजकर्ताकाे ६ हजार तलबभत्तामा ४ हजार थप गरि १० हजार पुर्‍याएको छ । गाउँपालिकाको अनुदानमा कार्यरत अन्य प्रत्येक शिक्षकहरूलाई यसअघि खाइरहेको तलबभत्तामा दुई हजार थपेर क्रमशः प्रावि तहमा कार्यरत् शिक्षकलाई १७ हजार , निमावि तहमा कार्यरत् शिक्षकलाई २२ हजार, कम्प्युटर शिक्षकलाई २५ हजार र मावि तहमा कार्यरत शिक्षकलाई ३२ हजार पुर्याएकाे पनि गाउँपालिकाकाे शिक्षा प्रा.स शेर्पाले बताए । पाठ्यक्रम अतिरिक्त अन्य सिर्जनशील क्रियाकलापमा सञ्चालन गरी बालबालिकाहरूकाे खेलकुद विकास गर्नका लागि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड लगायत अन्य खेलकुद कार्यक्रम संचालन गर्न ३० लाख बजेट विनियोजन गरिएको छ ।  त्यसैगरी नेपालको संविधान अनुसार माध्यमिक तहसम्मका शिक्षा व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई प्रदान गरिएको छ त्यसैले शिक्षा क्षेत्रमा सन्तुलित र समुचित विकासका लागि स्थानीय सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा उमाकुण्ड गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्न १५ लाख विनियोजन गरिएको छ । गाउँपालिकाले ११ वटा विद्यालयमा बाल विकास केन्द्र स्थापन गरिएको छ भने गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीको उपचारका लागि उमाकुण्ड गाउँपालिकाले कार्यविधि पारित गरि शिक्षक तथा कर्मचारी स्वस्थ्य उपचार कोष स्थापन गरिएको छ । उक्त कोषमा गाउँपालिकाले प्रत्येक बर्ष ३ लाख र प्रत्येक शिक्षक कर्मचारीबाट मासिक १ सय रुपैयाँ कोषमा जम्मा गरिएको छ । गाउँपालिका भित्रकाे सबै माध्यमिक विद्यालयमा उद्यम कार्यक्रम संचालन गर्ने उद्धेश्य अनुसार "अब बालबालिकालाई विद्यालयबाटै उद्यमशीलता बनाउने गाउँपालिकाे महान अभियानसँग हातेमालाे गराैं भन्ने नारा सहित गाउँपालिकाले  "एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम संचालन कार्यविधि, २०७८" स्वीकृत गरिएको छ । यस अगाडिका दिनहरूमा  गाउँपालिका भित्र माध्यमिक विद्यालयको बालबालिकाहरूलाई समाजसेवी भावना जागृत गराउन विद्यालय स्काउट स्थापन गरिएका छन् र शिक्षक कर्मचारीहरूलाई निशुल्का झोला, नोटबुक वितरण लगायत सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई निशुल्का सेनेटरी प्याड  समेत उपलब्ध गराउदै आएका छन् । राज्यको पुन संरचना हुनुभन्दा पहिला गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका अभिभावकले निजी स्रोतका शिक्षकको तलब भत्ताका लागि वार्षिक लाखौं रुपैयाँ ब्योहोर्दै आएका थिए । तर हाल उमाकुण्ड गाउँपालिकाले निजी शिक्षक अनुदान शीर्षकमा बजेट विनियोजन गरी स्वयंसेवक शिक्षक उपलब्ध गराएर शिक्षामा अभिभावकको भार कम गरेका छन् । गाउँपालिकाकाे भित्र शिक्षा विकासमा स्थानीय जनप्रतिनिधि लगायत सरोकारवालाहरूले महत्त्वपूर्ण भूमिका निभाएका छन् भने शिक्षा युवा तथा खेलकुद शाखाले कार्यक्रम संयोजन गरिरहेका छन् ।