समृद्धि बचत तथा ऋण सहकारीको नवनिर्मित भवन उद्घाटन

रामेछाप । उमाकुण्ड २ नं. वडाका वडाअध्यक्ष खम्बाध्वज बस्नेत र उमाकुण्ड १ नं. वडाका वडा अध्यक्ष नुर्वु शेर्पाले रामेछापको उमाकुण्ड २ बाम्तीभण्डारमा आयोजित एक कार्यक्रम बीच संयुक्तरूपमा नवनिर्मित समृद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चार कोठे पक्की भवन उद्घाटन गरिएका छन् । चन्दा दाताबाट सहयोग प्राप्त ११ लाख ५० हजार ८ सय ५९ रूपैयाँ , संस्थाले अन्य खर्च गर्न मिल्ने कोषबाट २५ लाख ७६ हजार ३ सय ६९ रूपैयाँ र संस्थाको आन्तरिक बचत बाट ७ लाख ६७ लाख ९ सय ९२ रूपैयाँ सहित कुल ४४ लाख ९५ हजार २ सय २० रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको संस्थाको कार्यालय भवन निर्माण भएपछि यसअघि कार्यालय भाडामा भएको संस्था अब कारोबारमा सहज हुने र यसबाट यस संस्थाका कार्यक्षेत्रका शेयर सदस्यहरू लाभान्वित हुने छन् । हाल उमाकुण्डको वडा नं. १ गुम्देल, वडा नं. २ बाम्ती र वडा नं. ३ कुम्बुकास्थलीमा सेवा केन्द्र स्थापन गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले अन्य वित्तीय संस्थाहरूसंग तिव्र रूपमा प्रतिस्पर्धा गर्दै आगामी दिनहरूमा उमाकुण्ड गाउँपालिका भरि कार्यक्षेत्र बिस्तार गर्नसक्ने संस्थाका अध्यक्ष गणेश बहादुर कार्कीले बताउनुभयो । उमाकुण्ड नं. १ का वडा अध्यक्ष नुर्वु शेर्पा, वडा नं. २ का वडा अध्यक्ष खम्बाध्वज बस्नेत लगायत विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, चन्दा दाता, शेयर सदस्यहरू उपस्थित भएका उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले वित्तीय संस्थाहरूले हिसाब किताब सुस्त दुरुस्त राख्नुपर्ने भन्दै यस संस्थाको थप प्रगतिको कामना गर्नुभएका छन्  । कार्यक्रममा पाँच हजार भन्दा माथि सहयोग गर्ने चन्दा दाताहरूलाई खादा र सम्मान पत्रद्वारा सम्मानित गर्नुभएका छन् भने यस संस्थाको एकीकरण पश्चात्  चौथो बार्षिक साधारणसभा पौष १५ गते गुम्देल, पौष १६ गते कुबु बजार र पौष १८ गते बाम्तीभण्डारमा सहित तीनवटै वडामा छुट्टाछुट्टै हुने भएका छन् ।q