नव बाम्तीभण्डार सहकारीको कर्मचारीले रकम हिनामिना गरेपछि अख्तियारमा मुद्धा दायर !

रामेछाप । नव बाम्ती भण्डार वहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक दिनेशकुमार कार्की र अन्य कर्मचारीहरूको मिलेमतोमा ९ करोड ५० लाखभन्दा बढि रकम हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता भएको छ । सञ्चालक समिति, ऋण समिति र धितो मूल्यांकन समितिले बैठक बसी पटक पटक हिनामिना गरेको रकम व्यवस्थापक कार्की र अन्य कर्मचारीलाई सहकारीमा बुझाउने म्याद दिएपनि अझैसम्म रकम नबुझाएपछि कानूनी सहायत लिई अख्तियारमा मुद्धा दिएको सञ्चालक समितिको अध्यक्ष दानुरी लामाले बताए । करिब ११ महिनाअघिदेखि कार्की र उनका साथीहरूलाई रकम बुझाउन पटकपटक म्याद दिएपनि हालसम्म पनि रकम नबुझाई उल्टै अध्यक्ष शेर्पालाई रातको ९ बजे अपहरणको शैलीमा लगि जबरजस्ती अध्यक्ष छोड्न लगाई स्वारोजगार कोषको रकम दुरुपयोग गर्नेमध्येको एक सहकारीको क्यासियर हरिशंकर बस्नेतलाई कार्यबाहक अध्यक्ष बनाएका छन् । हिनामिना गरेको रकम झ्वाम पार्नकै लागि कार्कीले यस्तोसम्म हर्कत गरेकी स्थानीय तहका जनप्रतिनिधी र राजनीतिकर्मीलाई आफ्नो हातमा ल्याएर अपहरणको शैली अपनाउँदै अध्यक्ष शेर्पालाई धाक, धम्की, डर, त्रास देखाई बाध्य बनाएर अध्यक्ष छोड्न लगाए । र उनकै दाहिने हात मानिएका बस्नेतलाई कार्यबाहक अध्यक्ष बनाएका छन् । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. २ रत्नज्योती बजारमा रहेको नव बाम्ती भण्डार वहुउद्देश्यीय सहकारी संस्थामा राखेको रकम न सुरक्षित छ, न भनेको बेलामा झिक्न पाइन्छ । खाई नखाई सदस्यहरुले वचत गरेको रकम केवल कर्मचारी पोसाउन राखिदिएको आहारा जस्तै भएको छ । सहकारीका कर्मचारीले संचालक समितिलाई छक्याउँदै सदस्यहरुको पैसामा ब्रम्हलुट गरेकाले सहकारीको साख नै जोगाउन मुस्किल परेको एक सदस्यले वताए । करिव १८ करोडको वार्षिक कारोबार गर्ने उक्त सहकारीमा वचत फिर्ता गर्ने रकम समेत छैन । संचालक समितिको वैठकमा १५ दिन भित्र यथार्थ हिसाव देखाउने प्रतिवद्धता जायर गरेका कर्मचारीले ११ महिना वितिसक्दा पनि देखाउन नसकेको लेखा समितिका एक सदस्यले वताए । अख्तियार दुरुपयोग अनुसन्धानमा मुद्धा दिनुको कारण ? कारण नं.१, व्यवस्थापकको नाममा सप्लायर्स दर्ता सप्लायर्सकै नामबाट ऋण लगानी र असुली ! सहकारीका व्यवस्थापक दिनेशकुमार कार्कीको व्यक्तिगत नाममा दर्ता भएको बाम्ती भण्डार सप्लायर्स नामक फर्मबाट सहकारीको आर्थिक कारोबार गर्ने गरेको खुलासा भएको छ । कार्कीले सहकारीको ऋण लगानी गर्दा सप्लायर्सको चेक दिने र ऋण असुल गर्दा पनि सप्लायर्स वा आफ्नो व्यक्तिगत खातामा जम्मा गर्न लगाउने गरेको चेकको अर्धकट्टिमा उल्लेख छ । कतिपय ऋणीहरुले ऋण चुक्ता गर्न पठाएको रकम समेत कार्कीकै व्यक्तिगत खातामा डिपोजिट भएको भौचरहरुमा देखिन्छ । कारण नं. २, संचालक समितिको हस्ताक्षर नै कर्मचारीद्धार किर्ते, सक्कली निर्णय पुस्तिका नै गायव ! विल भर्पाई मिलाउन र संचालक समितिको आँखामा छारो हाल्न मायुर नव बाम्तीका कर्मचारीले संचालक समितिको निर्णय नै किर्ते गर्ने गरेको खुलासा भएको छ । संचालक समितिलाई जानकारी नै नगराई व्यवस्थापक कार्की आफैंले संचालक समितिको निर्णय लेख्ने र उपस्थितिमा किर्ते हस्ताक्षर गर्ने गरेको समितिका एक सदस्यले वताए । किर्ते निर्णय पुस्तिकामा उनीहरुले विल भर्पाइको खर्च अनुमोदन र अन्य आर्थिक कारोबारको निर्णय गर्ने गरेका छन् । संचालक समितिको वैठकमा निर्णय पुस्तिका खोज्दा हरायो भन्दै नयाँ रजिस्टर उपलब्ध गराएर कर्मचारीले पुरानो निर्णय पुस्तिका उनीहरुकै कब्जामा राख्ने गरेको पनि ती सदस्यले वताए । कारण नं. ३ः ऋण प्रवाहबारे ऋण उप समिति र धितो मूल्याङ्कन समिति नै वेखबर ! संचालक समितिको निर्णय अनुसार बढीमा ३ लाख सम्मको रकम व्यवस्थापक र क्यासियरको संयुक्त हस्ताक्षरबाट ऋण प्रवाह गर्न सक्ने व्यवस्था छ । उक्त निर्णयमा ३ लाख भन्दा माथीको ऋण धितो मूल्याङ्कन समितिको सिफारिसमा ऋण उपसमितिले स्वीकृत गरी अधिकतम १५ लाख सम्म मात्र प्रवाह गर्न सक्ने उल्लेख छ । तर ऋण खाताको विस्तृत विवरण हेर्दा धितो मूल्याङ्कन समिति र ऋण उप समितिलाई जानकारी नै नदिई कर्मचारीले ३३ लाख सम्म एउटै सदस्यलाई दोहो¥याएर मनोमानी ढंगबाट प्रवाह गरेको देखिन्छ । कारण नं.४, पैसा नभएको चेक दिएर हैरान, महिनौ वैंक धाउँदा पनि चेक साटिदैन ! गाउँका सोझासिधा व्यक्ति मात्र नभएर एम.वी.एस डाक्टर समेत सहकारीबाट पीडित छन् । एक डाक्टरले ५ लाख ऋण लिन सम्पूर्ण कागजात व्यवस्थापकलाई बुझाए । ऋण स्वीकृत पनि भयो र ऋण वापत २०७५ चैत्र २ गते मिति भएको ५ लाखको चेक पनि बुझे तर कामाण्डौ पुगेर वैंकमा चेक साट्न जाँदा पैसा नभएको भनी वैंकले फर्काइदिँदा आफू लज्जित भएको उनले वताए । पछि सहकारीमै आएर उजुरी गरेपछि व्यवस्थापकले तीन लाख रुपैंया नगदै दिए र वाँकी २ लाख आजको मितिसम्म पनि नदिएको डाक्टरको गुनासो छ । त्यस्तै बस्नेत थरका एक व्यक्तिले वैना गरेको घडेरी किन्न आफ्नो वचत फिर्ता वापत सहकारीको चेक लिएर काठमाण्डौ गएका थिए । जग्गा पास गर्ने अन्तिम दिन वैंक जाँदा खातामा पैसा नभएको कारण चेक नसाटिएपछि पैसाको समस्या भएर झण्डै वैना गरेको जग्गा फुत्काएका थिए । पछि साथीभाईहरुसँग सरसापट गरेर काम चलाएको उनी वताउँछन् । कारण नं. ५, यूवा स्वरोजगारको पैसा पनि स्वाहा ! आफ्ना यूवा सदस्यहरुलाई स्वारोजगार बनाउन सहकारीले यूवा स्वरोजगार कार्यक्रम संचालन गर्दै आएको छ । उक्त कार्यक्रम अन्तर्गत यूवाले व्यवसाय गर्न लिएको रकम कोषमा फिर्ता गर्नुपर्ने हुन्छ । तर यूवाहरुले फिर्ता गरेको रकम कोषमा नपठाई कर्मचारीहरुले आफैले चलाउने गरेको यूवाहरुको गुनासो छ । संचालक समिति र सरोकारवालहरुले चालेको कदम कदम नं. १ ः सदस्यहरुले आफ्नो खातामा भएको वचत फिर्ता माग्दा नपाएको गुनासो आएपछि संचालक समितिले २०७६ भाद्र ७ गते वैठक राखेको थियो । वास्तविकता पत्ता लगाउन वैठकले गत आ.व को आम्दानी, खर्च, वचत, शेयर रकम, लगानी, सम्पती लगायतको सम्पूर्ण हिसाव किताव हेर्ने निर्णय ग¥यो । उक्त हिसाव हेर्न १५ दिनको म्याद दिई सुर्य ब. वस्नेतको संयोजकत्वमा ५ सदस्यीय आन्तरिक लेखा समिति गठन समेत गरेको थियो ।  कदम नं. २ः १५ दिन पछि हिसाव हेर्न खोज्दा कर्मचारीले ऋणीहरुको नामावली, वचत सदस्यहरुको नामावली र शेयर सदस्यहरुको नामावली उपलब्ध गराएका थिए । तर, कुल लगानी ११ करोड २८ लाख ३२ हजार ५ सय ३१ रहेको ऋणीहरुको नामावली विवरण हेर्दा प्रकया नै नपु¥याई लापर्वाही लगानी गरेको, कतिपय ठूलो रकमको ऋण विना धितो दिएको, एउटै व्यक्तिलाई पटक पटक ऋण दिएको, समितिलाई हिसाव मिलेको देखाउने नाममा ऋण चुक्ता गरिसकेको व्यक्तिहरुको पनि नामवली विवरण दोहो¥याएर उल्लेख गरेको लगायतका कर्तुतहरु देखिएपछि समिति नै चकित परेको थियो । हिसाव चित्तवुझ्दो नआएपछि २०७६ भाद्र २८ गते वसेको संचालक समितिको वैठकले पुन १५ दिनको म्याद थप गरी यथार्थ हिसाव देखाउन कर्मचारीलाई निर्णयार्थ अनुरोध ग¥यो ।  कदम नं. ३ः म्याद थप गर्दा पनि यथार्थ हिसाव नदिएपछि २०७६ पौष ३ गते संचालक समिति, लेखा समित, ऋण उप समिति, धितो मूल्यांकन समिति र कर्मचारीको संयुक्त वैठक वस्यो । वैठकमा छलफल हुँदा ऋण नीतिमा अधिकतम १५ लाख सम्म प्रवाह गर्न सक्ने व्यवस्था भएपनि सो भन्दा बढी कर्मचारीहरुले मनोमानी ढंगबाट लगानी गरेको व्यहोरा छलफल भयो । प्रवाह गरेको ऋण असुल नभई दोहो¥याएर दिएको र दिएको ऋणको पनि प्रकृया नपुगेको देखिएपछि सो को जिम्मा कर्मचारी आफैंले लिने र प्रकृया नपुगेकाहरुको प्रकया पु¥याई विस्तृत विवरण समितिलाई पेश गर्ने निर्णय भयो ।   कदम नं.४ः सहकारीको विषयमा चौतर्फी आलोचना बढ्दै गएपछि उमाकुण्ड गा.पा वडा नं. २ का वडा अध्यक्ष खम्बध्वज वस्नेतको रोबरमा सहकारीमा छड्के अनुगमन गयो । २०७६ पौष ७ गते गएको छड्के अनुगमनमा बाम्ती प्रहरी चौकी इन्चार्ज नेत्र ब. काफ्ले, प्रहरी जवान श्याम ब. दुलाल, संचालक समिति अध्यक्ष दानुरु शेर्पा र सदस्य गणेश ब. कार्की सहभागी थिए । अनुगमनमा व्यबस्थापक दिनेश कुमार कार्कीको एकल हस्ताक्षरबाट संचालन हुने गरी रिलायवल वैंक मन्थली शाखाको चेकको अर्धकट्टि ३ थान र कार्कीको व्यक्तिगत नाममा रा.वा.वैंक मन्थली शाखाको चेक १ थान भेटिएको थियो । यसैगरी कार्कीकै नाममा सनराइज वैंक बाम्ती भण्डार शाखाको व्यक्तिगत चेक २ थान, कार्कीकै नामको प्राइम वैंक जिरी शाखाको चेक ७ थान र कार्कीकै नामबाट दर्ता भएको बाम्ती भण्डार सप्लायर्सको नामको चेकको अर्धकट्टी समेत भेटिएको थियो । अर्धकट्टिमा उल्लेखित रकम हिसाव गर्दा सापट दिएको र ऋण लगानी गरेकोे शीर्षकमा करिव ९ कारोड ५० लाख बराबारको कारोबार भएको देखिन्छ । सो अनुगमनमा २०७३ भदौं महिनाको २७ देखि कर्मचारीले गायव बनाएको संचालक समितिको निर्णय पुस्तिका समेत भेटिएको थियो । उक्त दिन मोवाइलमा कल गर्दा रिसिभ नगरी व्यवस्थापक कार्की सम्पर्क विहिन बसेका थिए ।   कदम नं. ५ ः मिति २०७६ पौष ९ गते भने व्यवस्थापक कार्कीले आफ्नै अधक्ष्यतामा कर्मचारी वैठक राखे । उक्त वैठकमा आ.व २०७५÷०७६ को हिसाव किताव स्पष्ट देखिने गरी आन्तरिक लेखा समितिलाई पौष २० गते भित्र बुझाइसक्ने र बुझाउन नसकेको वा प्रकृया नपुगी गरेको लगानी स्वयं कर्मचारीले जिम्मा लिने निर्णय भएको थियो ।  कर्मचारी वैठकमा २ नं. वडा अध्यक्ष, आन्तरिक लेखा समितिको सदस्य मणि ब. वस्नेत, शेयर सदस्य भोज ब. वस्नेत र तेम्बा लामा, शिद्धेश्वर उमाविका पुर्व प्रअ शिव ब. वस्नेत, एक आधारभूत विद्यालयका प्र.अ गोविन्द ब. कटुवाल लगायत वचत कर्ताहरु समेत आमन्त्रित सदस्यको रुपमा उपस्थित थिए ।  कदम नं. ६ः पटक पटक ताकेता गर्दा पनि कर्मचारीले संस्थाको हिसाव किताव चुस्तदुरुस्त देखाउन नसकेकोले २०७६ साल पौष २३ गते संचालक समिति, धितो मूल्याङ्कन समिति, संस्थापक अध्यक्ष तिर्थ ब. कार्की, संस्थापक सदस्य दोर्जे लामा, नि.वर्तमान सदस्य राम्झी कार्की लगायत सदस्यहरुको संयुक्त वैठक बस्यो । उक्त वैठकले कर्मचारीहरु व्यवस्थापक दिनेश कुमार कार्की, सह व्यवस्थापक वसन्त कार्की, क्यासियर हरिशंखर वस्नेत, बजार प्रतिनिधि रीता देवि खड्का, कम्प्युटर अपरेटर केदार श्रेष्ठ, वचत संकलक पेमनुरी शेर्पाको चल अचल सम्पती लगायत वैंक खाता रोक्का गर्ने निर्णय गर्यो । सोहि निर्णय वमाजिम संचालक समितिले गाउँपालिका र सम्बन्धित वैंकमा पत्र पठाई चल अचल सम्पत्ती रोक्का गरिएको छ ।   कदम नं. ७ ः संचालक समितिले पुन २०७६ पौष २६ गते सम्पूर्ण उपसमिति, संचालक समिति, वडा अध्यक्षसहितको भेला राख्यो । उक्त भेलाले लचकता अपनाउँदै प्रकृया नपु¥याई कर्मचारीमार्फत गरेको लगानी प्रकृया पु¥याई ऋण असुल्ने र विस्तृत हिसाव समितिलाई पेश गर्न ३५ दिनको म्याद थप गरिदियो ।   कदम नंं ८ः समितिको तर्फबाट जति पहल गर्दा पनि केहि नलागेपछि २०७६ फाल्गुन १७ गते सरोकारवालाहरुको संयुक्त वैठक वस्यो । वैठकले कर्मचारीलाई १ हप्ता भित्र सम्पूर्ण हिसाव समितिलाई बुझाउन ७ दिनको म्याद थप गरिदिएको थियो । वैठकमा संचालक समिति, वडा कार्यालय, प्रहरी चौकी, स्थानीय वुद्धिजिवी, कर्मचारी, शेयर सदस्य, वचत कर्ता, स्थानीय संघसंस्था प्रतिनिधि, पत्रकार, व्यसायीहरुको उपस्थिति रहेको थियो ।  अन्तिम कदम ः समितिले ६ महिना सम्म हिसाव देखाउ भन्दा अहिले सम्म नदेखाई जनताको पैसामाथि चरम लापर्वाही गरी अकुत सम्पति कमाउने यी कर्मचारीको नाममा अख्तियारमै मुद्धा दर्ता गर्ने र पत्रकार सम्मेलन गरी यथार्थ विवरण वाहिर ल्याएरै छोड्ने संचालक समितिका अध्यक्ष दानुरु शेर्पाले वताए