लिखुपिके वडा न ३ द्धार जेष्ठ नागारिक, अपाङ्गता भएका ब्यत्तिहरुलाई न्यानो ज्याकेट बितरण

बिष्णु खड्का रेडियो कैरण सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न ३ ले जेष्ठ नागारिक , एकल महिला ,पुरुष र अपाङ्गता भएका ब्यत्तिहरुलाई न्यानो ज्याकेट बितरण गरेको छ । जाडोको बेला बृद्ध , एकल महिला तथा पुरुष , र  अपाङ्गता भएका ब्यत्तिहरुलाइ केहि न्यानो होस भन्ने उदेश्यले ज्याकेट बितरण गरिएको लिखुपिके गाउँपालिका वडा न ३ का वडा अध्यक्ष पुण्य बहादुर बस्नेतले रेडियो कैरणलाई बताउनुभयो । वडा भित्र ६० बर्ष भन्दा माथीका ८६ पुरुष र ३९ महिला गरी १४५ जना जेष्ठ नागारिक, त्यस्तै बिभिन्न कारणले अपाङ्गता भएका १३ जना र एकल महिला ३४ जनालाई न्यानो ज्याकेट बितरण गरिएको वडा अध्यक्ष बस्नेतले बताउनुभयो । कार्यक्रममा लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेत , उपाध्यक्ष प्रमिला बस्नेत , ने.क.पा का पाटी प्रतिनिधी शंखर बहादुर बस्नेत, नेपाली काँग्रेसका प्रतिनिधी श्यामध्वज बस्नेत  लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बस्नेतले जेष्ठ नागारिकलाई सम्मान स्वारुप ज्याकेट बितरण गरिएको बताउनु भयो ।