रामेछापको उमाकुण्डमा ४५ विद्यालय मध्ये ३८ विद्यालयमा विव्यस गठन ।

विव्यस गठन class=

कर्मारिन्जी शेर्पा,माघ १० , रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाको सबै विद्यालयमा विद्यालय व्यवस्थापन समितिको निर्धारित पदावधि सकिएकोले शिक्षा युवा तथा खेलकुद शाखाको अगुवाइमा अभिभावक भेला गराएर ४५ विद्यालय मध्ये ३८ विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ र बाकी ७ विद्यालयमा गठन गर्ने क्रममा रहेको छ ।  विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण र व्यवस्थापन गर्न शिक्षा युवा तथा खेलकुद शाखा उमाकुण्डको प्रमुख ङावा शेर्पाको संयोजकत्वमा सम्बन्धित विद्यालयका प्ररधानाध्यापक, स्थानीय निकायको जनप्रतिनिधि र अभिभावकहरुको भेलाद्धारा गठन सम्पन्न गरिएको छ । नयाँ विव्यस गठनसंगै शिक्षक विद्यार्थी र अभिभावक बिच त्रिपक्षिय सम्बन्ध कायम राख्दै अझै विद्यालयको भौतिक विकास र शैक्षिक गुणस्तर वृद्धि हुने पनि शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ङावा शेर्पाले आशा व्यक्त गर्नु भएको छ । विव्यस गठन हुने विद्यालयहरुमा वडा अध्यक्ष रमेश सुनुवारको अध्यक्षतामा जनता मावि कुम्भुकास्थाली, छिरी शेर्पाको अध्यक्षतामा सिद्धर्थ आवि बाम्तीभण्डार सिम, विनय सुनुवारको अध्यक्षतामा सरस्वाती मावि सुनुवारधारा र तुल्सी भक्त प्रदानको अध्यक्षतामा सिद्धेश्वर मावि लुभँु लगयतका विद्यालयहरु रहेको उमाकुण्ड शिक्षा युवा तथा खेलकुद शाखाको प्रमुख ङावा शेर्पाले जानकारी दिनु भएको छ ।  साथै उमाकुण्ड गाउँपालिका विद्यालय स्तरीय परिक्षा समितिको बैठक बसी कक्षा दशको योग्यत परीक्ष माग २९ गते देखि सञ्चालन गरिने निर्णय गरिएको उहाँले बताउँनु भएको छ । नयाँ विव्यस गठनसंगै शिक्षक विद्यार्थी र अभिभावक बिच त्रिपक्षिय सम्बन्ध कायम राख्दै अझै विद्यालयको भौतिक विकास र शैक्षिक गुणस्तर वृद्धि हुने पनि शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ङावा शेर्पाले आशा व्यक्त गर्नु भएको छ ।