नव बाम्तीभण्डार बहुउद्धेश्य सहकारी संस्थाबाट कर्जा निकाल्ने तर तिर्न नसकेपछि संस्था संकटमा । ३५ दिन भित्र सबै कर्जाको टुङ्गो लगाउने सञ्चालक समितिको भनाइ

सञ्चालक समिति class=

कर्मारिन्जी शेर्पा,२५ पुष,रामेछाप । केही समय अगाडी नाम चलेका रामेछापको उत्तरी क्षेत्र उमाकुण्डको गुम्देल,बाम्ती,कुबुकस्थाली,प्रिती र गोकुलगंगाको चुचुरे कार्यक्षेत्र भएको नव बाम्तीभण्डार बहुउद्धेश्य सहकारी संस्थाको सञ्चालक समिति,ऋण लगनी समिति,धितो मूल्याङकन समिति, उमाकुण्ड वडा नं. २ का अध्यक्ष र कर्मचारीहरुको आज संयुक्त बैठक बसी संस्थाबाट कर्जा लिई पटक पटक ताकेत गर्दा पनि अटेर गर्ने ऋणीहरुलाई सहकारी ऐन र वित्तयि नियम अनुसार ऋण असुली गर्न वडाको प्रतिनिधि,प्रहरी प्रशासन,संस्थाको समिति र कर्मचारी सहित ३५ दिन भित्र अन्तिम पटक ऋणीहरुको घरदैलो कार्यक्रम गर्ने निर्णाय गरिएको छ । उक्त निणर्य भोलि देखिनै कार्यन्वयमा लैजाने पनि बैडकले निर्याण गर्नु भएको छ । सदस्यहरुले खाइ नखाइ जम्मा गरेको पैसा विश्वासको भरमा छोड्दा कर्जा प्रवाहमा कर्मचारीले पनि धेरै त्रुटि गरिएको प्रमाण आफूसंग रहेको कारण नियम विपरित कर्जा प्रवाह गरेको भए कर्जा लिने र दने दुबै दोषी हुने साथै विना धितो कर्जा प्रवाह गरेको भए धितो कायम गर्ने र सो नमाने ऋण असुलीको लागि ऋण असुली प्राधिकरणमा सहकारी ऐन, नियम र वित्तिय नियम अनुसार मुद्ध दायर गर्न सकिने सञ्चालक समितिको अध्यक्ष दानुरी लामाले बताउनु भयो । वित्तीय संस्थाबाट कर्जा निकाल्ने सबैले विना उद्धेश्य, अनुत्पादक क्षेत्रमा कर्जा लिन नहुने र राम्रो योजना बिना कर्जा लिदा पछि कर्जा चुक्ता गर्न कठिन हुने पनि बताउनु भयो । साथै एउटै उद्धेश्य भएको सहकारी संस्थामा दुई तिर सदस्य बन्न नपाइने भएकाले त्यस्त व्यक्तिलाई सदस्य नबनाउन पनि सुझाव दिनु भयो । ऋणीहरुले समितिको लचिलोपनको फाइदा उठाउन खोजिए त्यही अनुरुप आफूहरु प्रस्तुत हुने पनि जनकारी दिनुभएको छ । अगाडी दिनहरुमा सहजता वित्तीय सेवा प्रदान गर्न विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्दा यस्तो समस्य आएको ब्यवस्थापक दिपक कार्कीले बताउनु भयो । ठुलो कर्जा लिएका वा विलासीताका वस्तुका लागि कर्जा लिनेहरुले संस्थालाई ठुलो समस्यामा पारेको र कर्जा चुक्ता गर्न नसकेपछि संस्थाले धेरै व्याज लियो वा दुःख दियो भन्दै मानिसहरुले ऋण दिने संस्थालाई नै गाली गरेर आफ्नो कमजोरीबाट पन्छिन खोज्ने र संस्थाको बदनाम गरेको व्यवस्थापक कार्कीले बताउनु भयो । संस्था डुब्यो भन्ने बाहिरा धेरै हल्लाको चालेको कारण बचतकर्ताले बचत रकम निकाल्न खोज्दा संस्था थप आर्थिक संकटमा परेको र सदस्यहरुको अति अवश्यक पैसा दिन नसकेको बताउनु भयो । छलफलमा भाग लिदै निश्चित मापदण्ड एवंम प्रक्रिया भित्र रहेर कर्जा प्रवाह गर्नु पर्ने र धितो कायम गर्दा घर जग्गाको मूल्याङनका लागि वडाबाट सिफारिस लिने व्यवस्था गर्नु पर्ने वडा अध्यक्ष खम्बध्वज बस्नेतले सुझाव दिनु भयो । साथै ऋण असुलीको लागि वडाले साथ दिने पनि उहा“ले बताउनु भयो । संस्था धेरै गनाएको र यो गन्धलाई पुन सुगन्धमा परिनत गर्नु पर्ने उपस्थित अन्य सदस्यहरुले बताउनु भएको थियो । नव गठित लेखा समिति सदस्य सुनिल बस्नेतको प्रतिवेदन अनुसार उक्त संस्थाको गत बुर्षको तुलनामा चालु प“ुजी लगभग १८ करोडबाट ४ करोडको फरकले घटेर १४ करोड रहेको जनकारी दिनु भयो । तर सबै कर्जा असुली भयो भने संस्था नफामा रहेको पनि जनकारी दिनु भएको छ । विस्तृत प्रतिवेदन आउन आझै कतिपय हिसब पुस्टी हुन बा“की रहेकाले लेखा समितिको काम नसकिएको पनि उहा“ले बताउनु भएको थियो ।