रामेछापमा योजना तर्जुमा सम्बन्धी ४ दिने अभिमुखिकरण तालिम सञ्चालन

मंसीर २१ गते रामेछाप जिल्लाको कुबुँकास्थली गाविस वडा नं। ४ एकाङमा योजना तर्जुमा सम्बन्धी ४ दिने अभिमुखिकरण तालिम आज देखि सञ्चालन भएको छ । स्थानिय सरकारको जवाफ देहिता अभिवृदी परियोजना जिल्ला सहयोग एकाई मन्थली रामेछापको सहयोग तथा कुबुँकास्थली गाविसमा रहको परिर्वतनशिल नागरिक सचेतना केन्द्धको आयोजनामा आज देखि स्थानिय निकाय स्रोत परिचालन कार्यविधी प्रस्ताब लेखन तथा योजना तर्जुमा सम्बन्धी ४ दिने अभिमुखिकरण तालिम सञ्चालन भएको हो । स्थानिय स्थरमा रहेका स्रोत परिचालन गर्दा कार्यविधी अनुसार गर्नु पर्ने साथै सबै वर्ग,जातजातीलाई समेटेर योजना तर्जुमामा सहभागी गराउँने उद्देशीयका साथ उक्त तालिमको आयोजना गरिएको सामाजीक परिचालक जिबन घतानीले जानकारी दिनुभयो । उक्त तालिममा ५४ जनाको सहभागीता रहेको छ भने तालिम २४ गते सम्म सञ्चालन हुने छ ।®