गोल्डेन गुड्स कन्ट्रक्सन प्रालिद्धारा विद्यार्थीलाई युनिफर्म वितरण

गोल्डेन गुड्स कन्ट्रक्सन प्रालिद्धारा विद्यार्थीलाई युनिफर्म वितरण class=

रामेछाप,कर्मारिन्जी शेर्पा,२ मंसिर । शैक्षिक क्षेत्रमा सुधार गर्ने उद्धेश्यले आज एक कार्यक्रमको आयोजना गरी गोल्डेन गुड्स कन्ट्रक्सन प्रालिको प्रोपाइटर गेल्जे शेर्पाद्धारा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. २, देउरालीको थोदुङ्ग आधारभूत विद्यालयका विद्यार्थीहरु र थोदुङ्गको थोङडोल सम्तेन छ्योलिङ गुम्बा आधारभूत विद्यालयको लामा विद्यर्थीहरुलाई एकै साथ विद्यार्थी पोषक वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बाबु काजी शेर्पा, शिक्षक अभिभावक संघको अध्यक्ष पासाङ दावा लामा, नेपाल शेर्पा संघको जिल्ला कार्यसमितिको सदस्य तथा शिक्षक अभिभावक संघको अध्यक्ष ल्हाक्पा ङिमा शेर्पा, अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान विव्यस अध्यक्ष बाबु काजी शेर्पाको नेतृत्वमा उक्त विद्यार्थी पोषक वितरण गरिएको थियो । साथै दुबै विद्यालयको विद्यालय व्यवस्थापन समितिको अवधि पनि सकिएको हुदा सोही कार्यक्रम मर्फत शिक्षा नियमावली अनुसार थोदुङ्ग आधारभूत विद्यालय देउरालीमा सञ्जाय बहादुर तामाङ्ग र थोङ्डोल सम्तेन छ्योलिङ गुम्बा थोदुङ्गमा ङावा तेम्बा शेर्पाको अध्यक्षतामा नौ नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छन् । थोदुङ्ग आधारभूत विद्यालय देउरालीको विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा दिकु लामा शेर्पा, कमला तामाङ्ग, तेन्जी शेर्पा, राजु तामाङ्ग, डोल्मा लामा, वडा अध्यक्ष खम्बाध्वज बस्नेत, शिक्षक प्रतिनिधि कर्मारिञ्जी शेर्पा र सदस्य सचिव गजेन्द्र बहादुर बस्नेत छनोट भएको छन् भने त्यस्तै गरी थोङड्रोल सम्तेन छ्योलिङ गुम्बा आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा याङजी शेर्पा, ल्हाक्पा गेल्बु लामा, किन्जी लामा, वाङ्छु शेर्पा, मिङमार डोल्मा लामा, वडा अध्यक्ष खम्बाध्वज बस्नेत, शिक्षक प्रतिनिधि हिम बुढ र सदस्य सचिव भगवती बस्नेत रहेका छन् । शिक्षा, युवा तथा खेलकुद शाखाको अधिकृत ङावा शेर्पाको प्रमुख अतिथित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।