दोलखाको जिरी नगरपालीका खावामा चटङ पर्दा, लाईन सर्टभई आगोलागी हुदाँ एक घर जलेर नष्ट

रेडियो कैरण फाल्गुन १४ थप बिबरण दोलखाको जिरी नगरपालिका ७ खावा स्थित रेडियो हिमाली १०१. ८ मेघाहर्जको टावरमा चट्याङ हान्दा १ घर जलेर नष्ट भएको छ ।  आज करीब १२ः१५ बजे तिर खावामा रहेको रेडियो हिमालीको टावरमा चट्याङ्ग पर्दा लाइन सर्टभई एक घर जलेर नस्ट भएको हो ।  उक्त रेडियो हिमाली १०१. ८ मेघाहर्जको प्रशारण भने केहि समय देखि नै बन्द रहेको छ । तर रेडियो हिमालीको ट्रान्समीटर र केहि सामानहरु उक्त घरमा रहेको थियो ।   आगलागीबाट कुनै मानबीय क्षेति भने नभएको जिरी  नगरपालिका खावाबाट स्थानिय गोरे सेर्पाले जानकारी दिनुभयो ।  आगोलागीबाट कति क्षेति भयो भन्नेबारे एकिन बिबरण आउन बाकि नै  रहेको छ ।  त्यस्तै, आज नै वर्षासँगै परेको चट्याङबाट मकवानपुरमा दुई जनाको ज्यान गएको छ ।®