बाम्तीभण्डारमा किवी र जडीबुटी खेतीले चिनाउन चहान्छु, निरकुमार कार्की

बिष्णु खड्का, फल्गुन १०, २०७०  रेडियो कैरन, ९६.४ मेगाहर्ज बाम्तीभण्डार, रामेछाप बाम्ति भन्डार वडा नं ६ निवासी निरकुमार कार्की पेशाले शिक्षक हुनुहुन्छ, तर यतिखेर उहाँ शिक्षकको नामले मात्र होईन फलफुल मध्येकै राजा मानिने किवि खेति शुरु गरी नमुना कृषक रुपमा पनि चिनिन थालिनुभएको छ । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा किवि खेतिको तालिम लिएपछि बाम्तीभण्डारमा पनि किवी खेतिको सम्भावना रहेकोले उहाँले किवी खेती लगाउन शुरु गर्नु भएको बताउनुभयो । गरे के पो हुदैन र भन्ने भनाईलाई आत्मा साथ गदै विगत केहि समय अघिबाट उहाँले फलफुलको साथै विभिन्न जरीबुटि खेति समेत लगाउदै आउनुभएको छ । उहाँले किवि खेति २ रोपनि जग्गामा ३३ बोट लगाउनु भएको छ । हाल उहाँको जग्गामा किविको बोटको डाक्लो मात्र देख्न सकिन्छ । तर बैशाख जेष्ठ तिर त्यस्को हरीयोपना देख्न सकिने उहाँले बताउन भयो । उहाँका अनुसार एउटा किविको बेर्नालाई रु. ३५० को हाराहारीमा पर्छ । भने किवी फलको  १ केजि बराबर रु ४ सय देखि १ हजार सम्म पर्न जान्छ । अनि यो फलको प्रयोगले भिटामिन ए, वि र सि जस्ता तत्वहरु पाइन्छ । एउटा कि वि १० वर्षमा १ हजार केजि भन्दा माथि फलाउन सकिने कुरा उहाको विश्वास रहेको छ । किवि खेतीको अलवा गत १० वर्ष देखी नै चिया पनि लगाउँदै आउनुभएको छ । भने क्यान्सर जस्तो प्राणघातक रोगको उपचारमा प्रयोग हुने जडिबुटि लोठसल्लोको नर्सरी पनि शुरु गनुभएको छ । उहाँको नर्सरीमा हाल करिव १६ सयको हारहारीमा लोठसल्लोको वेर्नहरु रहेका छन् । यिनका अलवा उहाँले २०६८ सालमा जिल्ला कृषी कार्यलय रामेछापबाट ३ दिने र घरेलु तथा सानाउद्योगबाट १ हप्ते मौरीपालन सम्बन्धी तालीम लिएपछि मौरीपालन समेत गर्दै आउनुभएको छ । यतिखेर उहाको ४ पाचँघार मौरी समेत रहेका छन् । मौरी पालनबाट समेत राम्रो आम्दानि लिन सकिने उहाँको अनुभव छ । “जडीबुटि खेति र किवि खेतिबाट बाम्ति भण्डारलाई सफल रुपमा चिनाउने मेरो लक्ष्य छ” कार्कीले भन्नुभयो । कार्की सोतर्मुस्थित शेर्पा स्कुल नामक निजी विद्यालयमा विगत १७ वर्षदेखि अध्यपन गराउदै आउनु भएको छ । यति खेर उहाँ दिनको समयमा विद्यालयमा देखिनुहुन्छ भने अन्य समयमा जडीबुटि र फलफुलखेती मै व्यस्त देखिनुहुन्छ । यसरी किवि खेति र अन्य विभिन्न जडीबुटि खेति शुरु गरी शिक्षकको अलवा सफल कृषकको रुपमा चिनिनु भएका निरकुमार कार्र्की बाम्ति भण्डारमा रोजगारी अभावका कारण खाडि मुलुक जाने य्ुवाहरुका लागि पनि एक उदाहरणीय पात्र बन्नुभएको छ ।