रामेछापको बाम्ती इलाका स्वास्थ्य चौकीमा १८ दिने गोष्टी सञ्चालन

रेडियो कैरन ९६.४ मेघाहर्ज नविन सुनुवार असाढ २८ गते रामेछाप जिल्लाको बाम्ती इलाका स्वास्थ्य चौकीमा १८ दिने गोष्टी सञ्चालन भईरहेको छ । महिला स्वास्थ्य स्वायमसेविकाको १८ दिने आधारभुत गोष्टी अन्तरगतको पहिलो चरणको ९ दिने  गोष्टी जारी रहेको छ । उक्त तालीम नेपाल सरकारको नियमित कार्यक्रम जिल्ला स्वास्थ्य कार्यलय रामेछापको आयोजनामा भईरहेको बाम्ती स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन अमृत जंग बस्नेतले बताउनुभयो । तालीमा बाम्ती इलाका अन्तरगत पर्ने बाम्तीभण्डार, प्रिति, कुबुँकास्थली, र गुम्देल गरि जम्मा ४ गाविसका महिलाहरुको सहभागिता रहेको छ । उक्त तालीममा अमृत जंग बस्नेत, शुशिला खड्का, र सुर्य बहादुर मगरले प्रशिक्षण गराईरहनुभएको छ । पहिलो चरणको यो गोष्टी असार २५ गतेबाट सुरु भएको र साउँन १ गते सम्पन्न हुने छ ।®