साप्सु खोलामा पकि पुल नहुदा स्थानिय बासि समस्यामा

Asad 30, रामेछापको प्रिति गाविस र कुबुँकास्थली गाविसको मध्य भागमा रहेको साप्सु खोलामा पकि पुल नहुदा स्थानिय बासि समस्यामा परेको छ ।  साप्सु  खोलामा पहिले देखि नै काठको सागुबाट आवतजावत गर्नु परेको छ । तर बर्षा लागेसगैँ उक्त सागु मक्कीने, भाचिने, चिप्लो हुने समस्याले गर्दा बर्षायाममा स्थानियबासिहरुले निकै सास्ति खेप्नु परेको छ ।  गत १ महिना अगावै उक्त खोलाको पुल भाचिए पछि आवतजावत खोलाबाटै गर्नु परेको छ । खोलाबाटै आवतजावत गर्नुपर्दा बर्षायाममा ठुलो भेल बाढि आउने र आवतजावत गर्न निक्कै कठिन भएको श्री लहरेमाने प्राविका शिक्षिका सितामाया केसिले जानकारी दिनुभयो ।  खोलाबाटै डुबेर आवतजावत गर्नुपर्दा वृद्धवृद्धा र बालबालीकाहरुलाई झन समस्या भएको प्रितिबाट हाम्रा प्रतिनिधि पदम कुमारी तामाङले जानकारी दिनुभयो ।®