बाढि पहिरोका कारण कुस्मावति प्राविमा १ लाखको क्षेति

कृषा सुनुवार असार ३१ रामेछापको चुचुरे गाविसमा हिजो राति परेको भिषण वर्षाका कारण एक विद्यालय जोखिममा परेको छ । चुचुरे ३ को कुस्मावति प्राविको माथिल्लो डिलबाट पहिरो सहित ठुलो ढुङगा आएको र विद्यालयको एक कोठामा समेत क्षेति पुगेको छ । साथै उक्त विद्यालयको भवन ठाउँठाउँमा चर्किएको छ । बाढि पहिरोका कारण विद्यालयमा लगभग १ लाख क्षेति भएको कुस्मावति प्राविका प्रअ धन बहादुर कार्कीले बताउनुभयो ।®