गाई काट्ने कारागार चलान।

कृषा सुनुवार असाढ 26 केहि दिन अघि अर्काको गाई घरमा लगेर काट्ने गुल्मी धुर्कोट रजस्थलका एक ब्याक्ति बुधवार पुर्पक्षका लागि थुनामा कारागार चलान भएका छन् । असार ११ गतेका दिन छिमेकी यमबहादुर सुनारको गाई चरनमा भएको बेला चोरेर घरमा लगेर काट्दै गरेको अवस्थामा पक्राउ परेका धुर्कोट रजस्थल ३ का ३६ वर्षिय युवराज नेपाली चलान भएका हुन् । कोदालो र हँसिया सहित वस्तु प्रहरीबाट पक्राउ परेका निजलाई जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्रप्रसाद श्रेष्ठले बताए । निजलाई गौवथ विरुद्धको मुद्धामा १२ वर्ष सम्म कैद सजाएँ हुन सक्ने प्रहरीले जनाएको छ । यसै विच केहि दिन अघि सेउवाको मसिना पोखरीमा लुटपात अभियोगमा पक्राउ परेका एक ब्याक्तिलाई अदालतले धरौटीमा रिहा गरेको प्रहरीले जनाएको छ । असार ११ गते कै दिन भारतबाट आउँदै गरेका बडागाउँ ७ का जनक बिश्वकर्माको २ लाख रुपैयाँ लुटेको अभियोगमा प्रहरीबाट पक्राउ परेका हस्तीचौर ८, पालुखाका डिलबहादुर कुँवर ५० हजार धरौटी राखेर रिहा भएका हुन् ।