रामेछापको सोतर्मु हाटमा डल्ले खुर्सनिको बिक्री बढ्यो

रेडियो कैरन ९६.४ मेघाहर्ज कृषा सुनुवार असाढ २७ गते रामेछापको बाम्तीभण्डार गाविस वडा नम्बर ४ सोतर्मु हाटमा केहि साता देखि हरियो लाम्चे र डल्ले खुर्सनीको विक्री बढि हुने गरेको छ । प्रत्यक दिन शुक्रवार लाग्ने सोतर्मु हाटमा हरियो ढल्ले खुर्सनी मानाको १ सय, तिते भ्यान्टा किलोको ३५ रुपैया, वा भागको २०, २५ रुपैयामा , अदुवा पाउको ६० रुपैया अम्लीसोको कुचो मुठाको ५० रुपैयामा किन बेच भईरहेको स्थानिय कैलास बस्नेत बताउनुभयो । साथै सोतर्मु हाटमा कोदालो, बन्चरो, खुकुरी, फाली र हसियाँको मुल्य पनि ७ सय दखि १ हजार सम्म पुगेको कमल बहादुर गजमेरको भनाइ छ ।®