सुनचाँदि पसल चोरी भएको घटनाको छानबिन हुन नपाँउदै दोलखाको मैनापोखरीमा फेरि अर्का चोरी

कृषा सुनुवार असाढ २८ दोलखाको मैनापोखरीमा रहेको विद्याप्रेमी नेशनल एकेडेमी बोर्डिङ् स्कुलमा चोरी भएको छ । असाढ १८ गते विदा भएको विद्याप्रेमी नेशनल एकेडेमी बोर्डिङ् स्कुलमा २६ गते चोरी भएको बताइएको छ । स्कुल कार्यलयको पश्चिम पट्टीको झ्याल फुटाएर भित्र पसि ४ वटा कम्प्युटर चोरी लगेको खुल्न आएको मैनापोखरी बाट हिमाली संवादादता रमेश जिरेलले जानकारी दिनुभयो । विग्रिएको कम्प्युटरलाई छाडेर बाँकी १ लाख ५० हजार बराबरको कम्प्युटर चोरी भएको प्रिन्सिपल रामचन्द्र बस्नेतले बताउनुभएको छ । घटनाको स्थिती हेर्दा जानकारी भएको व्यक्तिले नै चोरी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यो घटना संगै मैनापोखरीमा दुई वटा श्रृङखलाबद्घ चोरी भएको छ । यो भन्दा अघि मैनापोखरीमा रहेको सिताराम सुनचाँदी र चक्र सुनचाँदी पसल चोरी भएको थियो । यसको विषयमा पनि हाल सम्म पत्ता लगाउन सकिएको छैन । ३० मिटर दुरीको उक्त बजारमा ईलाका प्रहरी चौकी नजिकै भएको भए पनि चोरीका घटनाहरु बढदै गईरहेको हुदा स्थानियबासी त्रसित हुनुपरेको स्थानिय बासिहरुले बताएका छन् । यता जिल्ला प्रहरी कार्यलय दोलखाले भने चोरीको विषयमा तिव्र अनुसन्धान भईरहेको बताएको छ । यस वर्ष दोलखामा चोरीका घटनाहरु बढदै गईरहेको एक तथ्याङकमा उल्लेख गरिएको छ ®