रामेछापको बाम्तीमा अज्ञात कुकुरको टोकाइबाट २१ जना घाईते

कृषा सुनुवार असार २३ गते Radio Kairan96.4 Mhz रामेछाप जिल्लाको बाम्तीभण्डार गाविस लगाएत आसपासको ठाउँहरुमा अज्ञात कुकुरको विगविगि बढेको छ । बाम्तीभण्डार गाविसमा ९ र कुबुँकास्थलीमा १२ जना गरी जम्मा २१ जना मानिस लगाएत अन्य पशुपन्छीहरुलाई समेत आक्रमन गरेको छ । खैरो रङको अज्ञात कुकुर एक्कासी गाउँमा भित्रिएर एका एक सबैमा आक्रमन गर्न थालेपछि स्थानिय बासिहरु निकै त्रसित भएका छन् ।  स्वास्थ कर्मीका अनुसार उक्त कुकुर बौलाएको हुन सक्ने आशंका गरिएको छ । यदि कुनै बेला उक्त कुकुरले आफुमाथि आक्रमन गरिहालेमा निकै खतरा हुनसक्ने भन्दै तत्काल स्वास्थ चौकीमा खबर गर्नुहुन बाम्ती स्वास्थ चौकीका चिकित्सक साहायक अमृत जङग बस्नेतले जानकारी दिनुभयो ।®