जनै पूर्णिमाको अवसरमा हिजो रामेछाप जिल्ऽ्ल्ऽाको बाम्तीभण्डार गाविसमा भव्य कार्यक्रम

जनै पूर्णिमाको अवसरमा हिजो रामेछाप जिल्ऽ्ल्ऽाको बाम्तीभण्डार गाविस स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल्ऽ लुबुमा हजारौ भक्तजनल्ऽे स्नान गरेका छन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन एवम  जनैपूणिर्माको अबसर पारी वाम्तीमा पनि ठुलो मेला लागेको हो । उक्त मेला वर्षमा एक चोटि लाग्ने गरेको छ ।  रामेछाप, सोलुखुम्बु, ओखल्ढुङ्गा, र दोलखा लगाएत आसपासका जिल्लाहरुमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । जनैपूर्णिमाको अवसरमा बाम्तीभण्डारमा विभिन्न स्थानबाट आप्नो भेषमा झाँकी प्रर्दशन समेत गरीएको थियो । हिजोको मेल्ऽामा हजारौ भक्तजनल्ऽे भुमेथान, र सिद्धथान गरी दुई वटा मन्दीरको स्नान गरेको हाम्रा प्रतिनिधि जिवन घतानिले जानकारी दिनुभयो । मेलामा पत्रकार, बाम्ती प्रहरी चौकिका सुरक्षाकर्मीहरु समेतको सहभागिता रहेको थियो । परम्परा देखिको रीतिरिवाजलाइ जोगाई राख्न तथा संरक्षण र संर्वधन गर्ने उद्धेश्यले उक्त मेला लाग्ने गरेको छ  । रामेछापको वाम्ती गाविस निकैनै रमणिय र पर्यटकिए स्थल भएकोले कार्यक्रम अवलोकन गर्न  विदेशीहरु समेत आउनुभएको थियो ।  साथै रामेछापको प्रिति गाविस वडा नं २ पानिघाट वडा नं ३ को विचमा रहेको कर्मलोप्सन गुम्बा र लाप्चानेमा पनि जनैपूर्णिमाको अवसरमा हजारौ भक्तजनल्ऽे स्नान गरेको हाम्रा प्रतिनिधि होम मोक्त्तानले जानकारी दिनुभयो ।®