भालुको आक्रमनबाट गुम्देलमा एक युवक गम्भिर घाइते

कृषा सुनुवार ०५---07 गौरीसङखर संरक्षण क्षेत्रमा पर्ने रामेछापको गुम्देल २ च्छुनाङमा हिमालयन याक चिज उद्योगको लगभग ३० मिटर उत्तरमा चौरी गोठबाट दुध बोकेर डेरीमा आउने क्रममा हिजो दिउँसो भालुको टोकाईबाट स्थानिय गुम्देल २ क्यामा स्थित ङिमा शेर्पा घाइते हुनुभएको छ । घाइतेको टाउकोमा गम्भिर चोट लागेको छ भने, शरीरकको विभिन्न भागमा पनि चोट लागेको छ ।  घाइते शेर्पालाई उपचारको लागि काठमानडौँ लगिएको छ । सगरमाथा साष्टिय निकुन्जको नजिकै सिमाना जोडिएकोले यस संरक्षण क्षेत्रमा बाघँ, भालु, चितुवा, जस्ता अन्य जङगली जनावर तथा चराचुरुङगीहरुको निकै चहलपहल देखिएको छ । भालुको आक्रमनबाट त्यहाका स्थानिय बासिहरु समेत आतङकीत भएका छन् । यस्ता समस्याको समाधानको लागि गौरीसङखर संरक्षण क्षेत्र आयोजनाले ध्यान केन्द्धित गर्नु पर्ने र घाइटेको उपचारमा सहयोग गर्नु पर्ने स्थानिय बासिहरुको भनाई रहेको गुम्देल क्यामाबाट हाम्रा प्रतिनिधि कर्मा रिन्जी शेर्पाले जानकारी दिनुभयो ।®