हिन्दु महिलाहरुको पर्व हरितालिका तिज गुम्देल र मालिमा विशेष पूजा आज गरी मनाईयो

रामेछाप जिल्लाको गुम्देल–५, दुपीमा अवस्थित शिव पार्वतीको मान्दिरमा आज हिन्दु महिलाहरुको महान चर्ड हरितलिक तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।    उक्त कार्यक्रममा बाल्दीङ, दुपी, पत्ताकरी तथा गुम्देलका महिला दिदी बाहिनीहरु रातो सारी चुरा पोते पहिरिएर उपस्थित भएका थिए । यो मान्दिर गुम्देलको वार्ड नं. ४,५ र ६ को बिचमा पर्ने एक मात्र नजिकको मान्दिर हो ।  तर २०६९ सालमा गुम्दलेबाट बाल्दिङ  जोड्ने सडक खन्ने क्रममा अगडिको जग्गा गए पछि अर्को स्थानमा सर्ने भन्दा भन्दै उक्त मान्दिर जिर्नो अवस्था भएको छ ।  मान्दिर अगाडीको जग्गा नभएको र मान्दिर भित्र पनि पानी चुहिने समस्या देखिएको गुम्देलबाट हाम्रा संवाददाता कर्मा रिन्जी शेर्पाले जानकारी दिनुभयो त्यस्तै हिन्दु महिलाहरुको पर्व हरितालिका तिज आज मालिमा विशेष पूजा आज गरी मनाईएको छ । विवाहित महिलाहरुले आफ्नो पतिको सु स्वास्थ्य दिर्घायू अनि अविवाहित दिदि बहिनीहरुले सु योग्य वर प्राप्तिको कामना गर्दै दिन भर वर्तबसी विभिन्न मठ मन्दिरमा पूजा आज गरेका हुन् ।  दोलखाको माली गा.वि.स.स्थित प्रशिद्ध हलेशी मन्दिरमा पनि भव्य मेला सम्पन्न भएको छ । विहान देखि नै महिला भक्तजनहरुको भीड लागेको मेलामा दोलखा रामेछाप सोलु सिन्धुपाल्चोक देखिका तीर्थालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।  ९० वर्ष अगाडी भेटिएको यो प्राकृतिक हलेशी गुफामा चोखोनिधो गरी पूजापाठ गर्दा आफ्नो मनोकंक्ष पूरा हुने जनविश्वास रहिआएको दोलखा मालीबाट भक्त केसीले जानकारी दिनुभयो ।®