रामेछाप जिल्लाकाे उमाकुण्ड गाउँपालिकाबाट एसइई परीक्षामा २ सय ८३ जना विद्यार्थी सहभागी हुदै

एसइई परीक्षा class=

रामेछाप । कोरोना महामारीका कारण दुई बर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि ९ गतेबाट सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोना महामारी कारण विद्यालयले गरेको अन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसइई नजिक सार्वजनिक गरेको थियोे । यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा उमाकुण्डमा सातवटा माध्यमिक विद्यालयका २ सय ८३ जना विद्यार्थी सहभागी हुने शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा सञ्चालन हुन लागेको उक्त परीक्षामा माहलंगुर मावि गुम्देलबाट ३३ जना ,सिद्धेश्वर मावि बाम्तीबाट ६३ जना, जनता मावि कुबुकास्थलीबाट ४४ जना सहभागी रहेका छन् । त्यस्तै चण्डेश्वरी मावि प्रितीबाट ४३ जना, सरस्वती मावि सुनुवारधाराबाट ४४ जना, कैलेश्वर मावि गुप्तेश्वरबाट २२ जना र कास्थेम मावि भुजीबाट ३६ जना विद्यार्थीहरूले परीक्षा दिने छन् । भौगोलिक अवस्थालाई मध्यनजर गरि माहलंगुर मावि गुम्देल, चण्डेश्वरी मावि प्रिती र जनता मावि कुबुकास्थलीका १ सय १७ जना विद्यार्थीहरूका लागि सिद्देश्वर माध्यमिक विद्यालय बाम्तीमा परीक्षा केन्द्र तोकिएको छ भने   सरस्वती मावि सुनुवारधारा, कैलेश्वर मावि गुप्तेश्वर र कास्थेम मावि भुजीका १०३ जना विद्यार्थीहरुका लागि चण्डेश्वरी माध्यमिक विद्यालय प्रितीमा परीक्षा केन्द्र तोकिएका शिक्षा, युवा तथा खेलकुद शाखाकाे प्रा.स. ङावा शेर्पाले बताए ।   विगतमा गाउँपालिका एउटा मात्र परीक्षा केन्द्र हुँदा कास्थेम मावि भुजीकाे विद्यार्थी एसईई परीक्षा दिन दुरागाउँ, कैलेश्वर मावि गुप्तेश्वरकाे बेताली र सरस्वती मावि सुनुवारधाराकाे सिद्धेश्वर मावि बाम्ती जानु पर्ने बाध्यता थियाे ।  होम सेन्टर राख्न नमिल्ने हुँदा सिद्धेश्वर माध्यमिक विद्यालय बाम्तीकाे परीक्षा केन्द्र गाेकुलगंगा गाउँपालिका स्थित शारदा मावि ठाेसे परेकाे छ । शिक्षा, विकास तथा समन्वय इकाई रामेछापको निर्देशन अनुसारको व्यवस्था गरिसकेको र  भोलि देखि संचालन हुने एसईई परीक्षा स्थलको पूर्ण तयारी भइसकेको उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रा.स. ङावा शेर्पाले बताए। बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने एसइई परीक्षामा देशभरबाट करीब चार लाख ८० हजार विद्यार्थी सहभागी हुँदैछन् ।