बाम्तीभण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु

खुल्ला पुरुष फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रम class=

रामेछाप, २९ चैत्र । रामेछापको उमाकुण्ड-२, बाम्तीभण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । सिर्जनशील स्टार युवा क्लबको आयोजनामा तथा २ नं.वडा कार्यालय बाम्तीको आर्थिक सहयोगमा सिद्धेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा यही  बैशाख ३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन सोही वडाका वडाध्यक्ष खम्बाध्वजा बस्नेतले गरेका थिए । स्वस्थ्यको लागि खेलकुद, राष्ट्रियको लागि खेलडी भन्ने मुल नारा सहित नयाँ बर्ष २०७९ को उपलक्ष्यमा सुरु भएको दोस्रो संस्करणको उक्त प्रतियोगितामा युवा सञ्जाल जिरी, मिलन चोक युवा क्लब उमाकुण्ड-४, जुन तारा युवा समाज उमाकुण्ड-६, ए बी सी मन्थली, उमाकुण्ड -३ कुम्बुकास्थली, उमाकुण्ड-५ प्रिती, लिखुभुजी रामेछाप, एफ सी बी भुजी, आयोजक ए र आयोजक बी सहित  १० टिम सहभागी छन् । क्लबका अध्यक्ष प्रदिप बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरू लगायतले शुभकामना मन्तव्य सहित आ–आफ्नो धारणा राखेका थिए । उद्घाटन खेलमा आयोजक सिर्जनशील स्टार युवा क्लबलाई शून्यकाविरुद्ध २ गोल गरेर भुजी युवा क्लब विजयी भएको छ । पहिलो हाफ बराबरी भएको प्रतियोगितामा दोश्रो हाफमा भुजी युवा क्लबका जर्सी नं. ११को सानिमा सुनुवारले पहिलो गोल गरी जितको खाता खोलेका थिए । त्यसपछि जर्सी नं. ९ को अस्मिता सुनुवारले एक एक गोल गरेर आफ्नो क्लबलाई जिताएका थिए ।  प्रतियोगिताको विजेताले रु ७१ हजार १ सय ७१ र उपविजेताले रु ५१ हजार १ सय ५१ पुरस्कार प्राप्त गर्ने छन् त्यस्तै तृतीय र सान्त्वना हुनेले क्रमश नगद रू ३१ हजार १ सय ३१ र २१ हजार १ सय २१ सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रममा अन्य आकर्षणका रूपमा मिनी म्याराथन दौड प्रतियोगिता पनि समावेश गरिएका छन् ।