listen live

सोलुखुम्बुको भकान्जेमा आज २ दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको

सोलुखुम्बुको भकान्जेमा आज २ दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको

रामेछाप । फागुन ४ गते,
 
सोलुखुम्बुकोे श्री चन्द्ध ज्योति मावि भकान्जेमा आज २ दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको छ । 
श्री लालीगुरासँ युबा क्लब काठमान्डौँको आयोजना र लाईन्स क्लब चाबहिलको प्राविधिक सहयोग तथा उपस्वाथ्य चौकी भकान्जे सोलुखुम्बुको सहकार्यमा शिविर सम्पन्न भएको हो । 
शिविरमा अनुभवि चिकित्सक द्धारा निशुल्क आँखा तथा दन्त शिविर जस्ता विभिन्न रोगहरुको उपचार गरिएको थियो । जस्मा दात सम्बन्धी ३१४, आखाँ सम्बन्धी ३५०, मोतिया बिन्दु सम्बन्धी १५ जनाको अपरेसन, चस्मा ५० ओटा, र श्री चन्द्ध ज्योति माविका विद्यार्थी लगाएत शिविरमा उपस्थित सम्पुर्ण सेवा ग्राहिहरुको लागि डा। द्धारा मन्जन समेत प्रदान गरिएको थियो । 

उक्त शिविर विहान ८ बजे देखि बेलुकी ५ बजे सम्म सञ्चालन भएको सोलुखुम्बु चौलाखर्कबाट हाम्रा प्रतिनिधि  लिला बस्नेतले जानकारी दिनुभयो ।®