listen live

रामेछापको बाम्तीमा अज्ञात कुकुरको टोकाइबाट २१ जना घाईते

रामेछापको बाम्तीमा अज्ञात कुकुरको टोकाइबाट २१ जना घाईते

कृषा सुनुवार

असार २३ गते

Radio Kairan96.4 Mhz


रामेछाप जिल्लाको बाम्तीभण्डार गाविस लगाएत आसपासको ठाउँहरुमा अज्ञात कुकुरको विगविगि बढेको छ ।


बाम्तीभण्डार गाविसमा ९ र कुबुँकास्थलीमा १२ जना गरी जम्मा २१ जना मानिस लगाएत अन्य पशुपन्छीहरुलाई समेत आक्रमन गरेको छ । खैरो रङको अज्ञात कुकुर एक्कासी गाउँमा भित्रिएर एका एक सबैमा आक्रमन गर्न थालेपछि स्थानिय बासिहरु निकै त्रसित भएका छन् ।


स्वास्थ कर्मीका अनुसार उक्त कुकुर बौलाएको हुन सक्ने आशंका गरिएको छ । यदि कुनै बेला उक्त कुकुरले आफुमाथि आक्रमन गरिहालेमा निकै खतरा हुनसक्ने भन्दै तत्काल स्वास्थ चौकीमा खबर गर्नुहुन बाम्ती स्वास्थ चौकीका चिकित्सक साहायक अमृत जङग बस्नेतले जानकारी दिनुभयो ।®