रामेछापको बाम्तिभण्डारमा आँखा शिबीर सम्पन्न ५९२ जनाले लिए सेवा

रेडियो कैरन समचार २०७० फाल्गुन १७ बाम्तीभण्डार, रामेछाप तामाकोसी सहकारी अस्पातल मन्थली,तामाकाशी सेवा समिती मन्थली,मन्थली जिल्ला सामुदायिक केन्द मन्थली,जिल्ला सामुदायिक आँखा केन्द मन्थली र रण नेपाल लगायतका सस्थाहरुको सहयोग तथा स्वास्थ्य चौकी ब्यबस्थापन समिती बाम्ति र नेपाल जनजाती इकाई कमिटी वाम्तिको आयोजनामा बाम्ति उपस्वास्थ्य चौकीमा दुइ दिने शिवीर आज शुक्रबार सम्पन्न भएको छ ।   फागुन १५ र १६ गते दुईदिन सम्म बाम्ति उपस्वास्थ्य चौकी संचालनमा भएको सो शिबीरमा आँखा, दाँत र स्त्री रोगका गरी ५९२ जनाले सेवा लिएको बाम्ति स्वास्थ्य चौकीका जगत बहादुर बस्नेतले बताउँनु भयो ।   सो शिबीरमा सेवालिनेहरुले आफुहरुलाइ निकै फाइदा भएको अधिकाश सेवा गा्रहाइहरुले बताए । उतm शिबीरमा २ जना बिदेशी र १ जना स्वादेशी डक्टर सहित अन्य पाबिधिकहरुले सेवा दिनुभएको जिल्ला सामुदायिक आँखा केन्द मन्थली रामेछापका इन्र्चाज बाँशुदेब अधिकारीले जानकारी दिनुभयो ।