listen live

सुनचाँदि पसल चोरी भएको घटनाको छानबिन हुन नपाँउदै दोलखाको मैनापोखरीमा फेरि अर्का चोरी

सुनचाँदि पसल चोरी भएको घटनाको छानबिन हुन नपाँउदै दोलखाको मैनापोखरीमा फेरि अर्का चोरी

कृषा सुनुवार असाढ २८

दोलखाको मैनापोखरीमा रहेको विद्याप्रेमी नेशनल एकेडेमी बोर्डिङ् स्कुलमा चोरी भएको छ । असाढ १८ गते विदा भएको विद्याप्रेमी नेशनल एकेडेमी बोर्डिङ् स्कुलमा २६ गते चोरी भएको बताइएको छ ।


स्कुल कार्यलयको पश्चिम पट्टीको झ्याल फुटाएर भित्र पसि ४ वटा कम्प्युटर चोरी लगेको खुल्न आएको मैनापोखरी बाट हिमाली संवादादता रमेश जिरेलले जानकारी दिनुभयो । विग्रिएको कम्प्युटरलाई छाडेर बाँकी १ लाख ५० हजार बराबरको कम्प्युटर चोरी भएको प्रिन्सिपल रामचन्द्र बस्नेतले बताउनुभएको छ ।

घटनाको स्थिती हेर्दा जानकारी भएको व्यक्तिले नै चोरी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यो घटना संगै मैनापोखरीमा दुई वटा श्रृङखलाबद्घ चोरी भएको छ ।


यो भन्दा अघि मैनापोखरीमा रहेको सिताराम सुनचाँदी र चक्र सुनचाँदी पसल चोरी भएको थियो । यसको विषयमा पनि हाल सम्म पत्ता लगाउन सकिएको छैन । ३० मिटर दुरीको उक्त बजारमा ईलाका प्रहरी चौकी नजिकै भएको भए पनि चोरीका घटनाहरु बढदै गईरहेको हुदा स्थानियबासी त्रसित हुनुपरेको स्थानिय बासिहरुले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यलय दोलखाले भने चोरीको विषयमा तिव्र अनुसन्धान भईरहेको बताएको छ । यस वर्ष दोलखामा चोरीका घटनाहरु बढदै गईरहेको एक तथ्याङकमा उल्लेख गरिएको छ ®